Month: August 2020

साइप्रस किदुकको अध्यक्षतामा ङिमदिकि शेर्पा चयन

शेर्पा किदुक साईप्रसको अध्यक्षमा ङिमदिकि शेर्पाको चयन भएको छ । शेर्पाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति  आगामी कार्यकालका लागि चयन भएको हो ।  

सालाका (शेर्पा) कृषि फार्म, देशकै नमुना !

राजधानीको सुन्दरीजलमा १ सय  ७ रोपनीको क्षेत्रफलमा सालाका कृषि तथा ट्रेनिङ सेन्टर सञ्चालनमा छ । ७ बर्षअघि स्थापना भएको फार्मका सञ्चालक हुन, आङ फूर्वा शेर्पा ।

शेर्पा भाषा लोप हुँदै गएको छ, राज्य जिम्मेवार छैनः आचार्य सार्की शेर्पा

सोलुखुम्बु (शेर्पाखबर) । ‘शेर्पा भाषाको इतिहास’ बारे अध्ययन प्रतिवेदन हालै भाषा आयोगमा बुझाईएको छ । आचार्य सार्की शेर्पाको टोलीले अनुसन्धान गरी तयार पारेको प्रतिवेदनमा नेपालमा शेर्पा भाषाको अवस्था चित्रण गरिएको…

६३ बर्षिय बृद्ध शेर्पामाथि निर्घात कुटपिट

सोलुखुम्बुमा एक जना ६३ बर्षिय बृद्धलाई ३ जना युवाहरु मिलेर निर्घात कुटपिट गरेका छन । कुटपिटबाट सोलुखुम्बु दुधकुण्ड नगरपालिका ३ माठुङका ६३ बर्षिय रिन्जी शेर्पा गम्भिर घाइते भएका छन् ।

अनलाईन ‘शेर्पा नृत्य प्रतियोगिता हुने’

अनलाईनमार्फत खुल्ला एकल शेर्पा नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । शेर्पा इभेन्ट्स अर्गनाइजरको आयोजनामा अनलाईनमार्फत प्रतियोगिता आयोजना गर्न लागेको हो । 

विदेशमा रहेको नेपालीको तत्काल निःशुल्क उद्धार गरः १०+१ रा.स.,जसपा

जनता समाजवादी पार्टी (जसपा)का पहिचानमा आधारित १० जोड १ राष्ट्रिय समितिहरुले विदेशमा रहेका नेपालीहरुको यथासिघ्र निःशुल्क उद्धार गर्न सरकारसँग माग गरेका छन् ।

 शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन

 शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको…

विहानै सिन्धुपाल्चोकमा पहिरो, ठूलो धनजनको क्षति

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् ।

शेर्पा संघद्धारा सिन्धुपाल्चोकमा राहत वितरण

नेपाल शेर्पा संघले स्थलगत रुपमा गेन्जेन शेर्पाको परिवारलाई राहत वितरण गरेको छ । शेर्पाको परिवारलाई आपतकालिन राहत कोषबाट १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।

बुद्धबारे भारतीय विदेश मन्त्रीको अभिव्यक्ति आपत्तिजनक

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गौतम बुद्धको जन्मस्थानबारे भारतीय विदेश मन्त्री एस जयशंकरको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् ।