Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the loginizer domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114
 ८२ बर्षपछि निमा शेर्पाले पाए नागरिकता र भत्ता – Sherpakhabar.com

ओखलढुंगा । पात्ले शेर्पा किदुग अर्थात पात्ले ओखलढुंगा शेर्पा समाज सेवा, काठमाडौंको पहलमा ८२ बर्षका एक बृद्धले नागरिकता र सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् ।
ओखलढुंगा जिल्लाको मोलुङ ७ पात्लेका ८२ बर्षिय निमा शेर्पाले नेपाली नागरिकता प्राप्त गरेसँगै सामाजिक सुरक्षा भत्ता समेत प्राप्त गरेका हुन् । व्यवरिसे अवस्थामा राजधानी काठमाडौं बस्दै आएका शेर्पाको पात्ले शेर्पा किदुगका अध्यक्ष पासाङदावा शेर्पाको अगुवाईमा केही समय अघि उद्धार गरेको थियो । उद्धार पश्चात्् स्थानी प्रशासनसँगको समन्वयमा आफन्त खोजी शेर्पालाई नागरिकता दिलाएको र हालै सामाजिक सुरक्षा भत्ता मासिक वापत ४ हजार रुपैयाँ प्राप्त गरेको कोषाध्यक्ष छेपाल शेर्पाले जानकारी दिनुभयो ।
नागरिकता र पहिचान खुल्ने कागजात नहुँदा शेर्पा वेवारिसे बनेका थिए । आर्थिक अभावका कारण सडकमा पुगेका शेर्पाको उद्धारका लागि आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पा किसानले समेत पहल थालेका थिए ।
उद्धारपछि वडा मोलुङ ७ का वडा अध्यक्ष हेमबहादुर सुनुवार, किदुगका पदाधिकारीले शेर्पालाई जिल्लामा लगेर नागरिकता प्रमाण पत्र बनाई दिएको र सामाजिक सुरक्षा भत्ता भने राजधानीमा नै उपलब्ध गराएको कोषाध्यक्ष शेर्पाको भनाई छ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त हुन थालेपछि जिवनयापनका लागि आफूलाई सहज हुने शेर्पाको भनाई छ । राजधानीको कपन क्षेत्रको एक आश्रममा वस्न थालेको शेर्पाले कानूनी प्रकृया, व्यवहारिक लगायत कारणले घरपरिवार र गाउँ छोड्नु परेकाले समयमै नागरिकता लिन नपाएको बताउनुभयो । किदुगका पदाधिकारी, जनप्रतिनिधि र नागरिक समाजको अगुवाहरुले आफ्नो उद्धार गरेर ठूलो मानवीय गुण लगाएको भन्दै शेर्पाले खुसी व्यक्त गर्नुभयो ।
पात्ले शेर्पा किदुगु ओखलढुंगाको पात्ले लगायतका क्षेत्रबाट काठमाडौंमा आई बसोबास गर्नेहरुको साझा सामाजिक संस्था हो । संस्थाले सुख, दुखमा सहयोग गर्ने, धार्मिक, सांस्कृतिक, भाषिक र पहिचान जन्य कार्यहरुका साथमा राहत, उद्धार र विपतिमा परेकाहरुलाई सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *