सोलुखुम्बु (शेर्पाखबर) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सोलुखुम्बुले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार सिफारिस गरेको छ । सिफारिस गरेकोको उम्मेदवार मध्ये ६ जना शेर्पा समुदायबाट सिफारिसमा परेको हो ।
प्रत्यक्षतर्फ प्रदेश क्षेत्र (क) मा गोम्बु शेर्पा (कज्र्याङ) छन् । त्यस्तै, प्रदेश क्षेत्र (ख) तर्फ ङिमा तुण्डु शेर्पा, नाम्गेल शेर्पा र दावा तेन्जी शेर्पा सिफारिस भएका हुन् । त्यस्तै, समानुपातिक तर्फ पासाङ शेर्पाको नाम अग्र स्थानमा छ भने प्रदेश समानुपातिकतर्फ रग्बा शेर्पाको नाम सिफारिस गरेका छन् ।
सिफारिस हुनेमा प्रतिनिधि सभा प्रत्यक्ष तर्फ हेमकुमार राई, असिम राई, शिवबहादुर बस्नेतको नाम सिफारिस छ । त्यस्तै, हेम कुमार वर्तमान प्रतिनिधि सभा सदस्य तथा केन्द्रीय सदस्य तथा सोलुखुम्बु इन्चार्ज हुन् भने असिम जिल्ला समन्वय समिति सोलुका संयोजक तथा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष हुन् । शिव बहादुर केन्द्रीय सदस्य हुन् ।
त्यस्तै, प्रतिनिधिसभा समानुपातिकतर्फ दिलबहादुर नेपालीको पनि नाम सिफारिस गरिएको छ । सल्लेरीमा विस्तारित बैठकले प्रदेशसभा (क) प्रत्यक्ष तर्फ हिमाल गिरी, जुद्धबहादुर कार्की, रामकुमार राई र रामेश्वर कार्कीको नाम सिफारिस गरिएको छ भने प्रदेशसभा (ख) बाट प्रत्यक्षतर्फ ठमनाथ पराजुलीपनि सिफारिसमा परेका छन् ।
प्रदेश सभा (क) र (ख) बाट समानुपातिक तर्फ क्रमश ः दिव्या खालिङ राई, शारदामाया तामाङ, दीपक श्रेष्ठ, अमृता कुलुङ, प्रल्हाद राई, बलबहादुर राई, धन कुमार विश्वकर्मा, केशर बहादुर राई, टेक बहादुर बस्नेत र अनिसा राईलाई सिफारिस गरिएको विज्ञप्तिमा जनाइएको छ ।
