काठमाडौं (शेर्पाखबर) । शेर्पा संघ जापानको अध्यक्षमा सोनाम शेर्पा सर्वसम्मत चयन भएको छ । टोकियोको सिनओकुवोमा सम्पन्न १३ औ अधिवेशनले शेर्पालाई अध्यक्षमा चयन गरेको हो ।
कार्यसमितीको उपाध्यक्षत्रय सोनाम शेर्पा, सोनाम शेर्पा, पासाङ शेर्पा महासचिव पासाङ रिन्जी शेर्पा, सह– सचिव साङ्गे शेर्पा, कोषअध्यक्ष दाफुरी शेर्पा चयन भएका छन् । नवनिर्वाचित कार्यसमितीका सदस्यहरुमा आङफुरी शेर्पा, याङ्जी शेर्पा, फूर्ल्हमु शेर्पा, छिरिङ दिकी शेर्पा, जङ्बु शेर्पा, फूर्वा शेर्पा, गोल्मु शेर्पा, ङिमछिरी शेर्पा र कर्म ग्याल्जे शेर्पा छन् ।
कार्यसमितीमा केही सदस्य थप गर्ने जिम्मेवारी अधिवेशनले कार्यसमितिलाई दिएको प्रवक्त फूर्वा शेर्पाले जानकारी दिए । संघ नेपालबाट जापानमा रोजगारी, अध्यायनका शिलशिलामा पुगेका शेर्पाहरुको प्रवास संगठन हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *