काठमाडौं (शेर्पाखबर) । विश्वमा फैलिरहेको डर लाग्दो भाइरस ‘कोरोना’ विरुद्ध विश्व शान्ति पूजा आयोजना गर्ने भएको छ । बिश्व मानव समुदायलाई नै त्रसित बनाउने गरी फैलिरहेको कोरोना भाईरसको प्रकोपबाट मानव समुदायलाई बचाउन र बिश्व शान्तिको कामना गर्दै सामुहिक रुपमा तारा मन्त्र जप गर्ने भएको हो ।
युनाइटेड शेर्पा एशोसिएसन अमेरिकाले फेब्रुअरी २ तारीख आईतवार तदानुसार शुक्ल पक्ष अष्टमीका दिन मासिक ताराको पूजा (डोल्क्षोक्) आयोजना गरेको आधिकारिक सामाजिक सञ्जालमार्फत जनाए ।
बिहान ९ बजेदेखि १२ बजेसम्म श्यार्वी रिग्श्युङ् लोप्टाको संयोजनमा डोल्क्षोक् पूजा हुने र लगतै दिउँसो १ देखि ४ बजेसम्म जनगणना २०२० संबन्धी कार्यशाला आयोजना गरिएको जनाएको छ ।
चीनबाट फैलिएको कोरोना रोगले महामारिको रुप लिँदै गएपछि विश्व समुदाय त्रसिद छन् । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकट समेत घोषणा गरेको अवस्थामा शेर्पा किदुगले शान्ति पूजा आयोजना गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आधुनिक समाजमा पूजापाठको माध्यमबाट आत्मशान्ति मिल्ने भएपनि ‘कोरोना’ लाई कति प्रभाव पर्छ हेर्न बाँकी छ ।
