Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the loginizer domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114
शेर्पा कलाकारको नेतृत्वमा पाल्मु शेर्पा चयन – Sherpakhabar.com

काठमाडौं । शेर्पा कलाकार संघको तेस्रो अधिवेशन सम्पन्न भएको छ । नेपाल शेर्पा संघको भवनमा सम्पन्न अधिवेशनले ख्याती प्राप्त गायिका पाल्मु शेर्पा (सिन्धुपाल्चोक) को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा छोङबा शेर्पा (सोलुखुम्बु), महिला उपाध्यक्षमा छोकी शेर्पा (सोलुखुम्बु), महासचिवमा सोनतेन्जी शेर्पा (ओखलढुंगा), सचिवमा दाबुटी शेर्पा (दोलखा) र कोषाध्यक्षमा पेमा याङजी शेर्पा () चयन भएको प्रवक्ता सोनाम याङजी शेर्पाले जानकारी दिनुभयो ।


सदस्यहरुमा दावा शेर्पा, माया शेर्पा, छिरिङ शेर्पा, ङावाङ जी शेर्पा, मिङमा शेर्पा लगायत रहनु भएको जनाइएको छ ।
बरिष्ठ पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा निवर्तमान अध्यक्ष कुंगा शेर्पाले संस्थाको प्रगती र आफ्ना कार्यकालमा भएका उपलब्धिहरुको फेरिस्त प्रस्तुत गर्नुभयो । महासचिव लमु शेर्पाले संघको वर्तमान अवस्था र भावि रणनीति बारे विवरण प्रस्तुत गर्नुभएको सचिव डिजे सोनामले जानकारी दिनुभयो ।
शेर्पा जातिको भाषा, धर्म, संस्कृति, परम्परालाई जगेर्ना गर्दै कलाकारितामार्फत समाज रुपान्तरणमा लागि परेका कलाकारहरुलाई एकताबद्ध गराई अग्रसरता देखाउने र शेर्पा कलाकारहरुको हकहित र अवसरहरुका लागि पैरवी गर्ने हेतुले ७ बर्षअघि संघ स्थापना भएको थियो । संघले स्थापनाको छोटो अवधिमा नै शेर्पा समुदायमा दीर्घकालिन प्रभाव राख्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
नवनिर्वाचित अध्यक्ष शेर्पा, समुदायमा लोकप्रियता कलाकारको रुपमा स्थापित छ । दर्जनौ शेर्पा तथा नेपाली गीतमा आवाज भरेकी शेर्पाले आफ्नै अभिनयमा म्यूजिक भिडियोहरु समेत बजारमा ल्याइसक्नु भएको छ । चर्चित गायक शम्भुजित बास्कोटा लगायत ख्याती प्राप्त कलाकारहरुसँग स्वर अनुबन्ध गरेकी अध्यक्ष शेर्पा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत आफ्नो सुरिलो आवाज भर्दै आउनु भएको छ । नवनिर्वाचित अध्यक्ष शेर्पाले कलाकारहरुलाई एकजुट बनाउँदै संस्थागत विकास र कलाकारहरुको भविष्यका लागि समेत दीर्घकालिन योजना बनाएर अघि बढ्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *