Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the loginizer domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114
शरीरबाट ३५ किलो उन निकालेपछि बदलियो ‘बाराक’ को रूप – Sherpakhabar.com

अष्ट्रेलियामा एउटा भेडो अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचारको विषय बनेको छ।
केहीदिनअघि उद्धारकर्ताले फेला पार्दा त्यो भेडाजस्तो होइन अनौठो जनावरजस्तो देखिएको थियो। उसको शरीर उनले यसरी ढाकिएको थियो कि राम्ररी आँखा पनि देख्न सक्दैनथ्यो।

उद्धारकर्ताले बाराक नाम दिएको उक्त भेडो मेलबर्नदेखि ६० किलोमिटर उत्तरमा भेटिएको थियो। स्थानीयहरूले एड्गर्स मिसनका उद्धारकर्तालाई बाराकबारे जानकारी दिएका थिए।
बाराकको शरीरबाट उद्धारकर्ताले झन्डै ३५ किलोग्राम उन निकालेका छन्।  वर्षौंदेखि शरीरमा थुप्रिएको उनले बाराकलाई मृत्युनजिक पुगिसकेको थियो।

कुनै बेला घरम पालिएको बाराकको पाँच वर्षदेखि रौं नकाटिएको हुनसक्ने उद्धारकर्ताले अनुमान गरेका छन्। भेडाको शरीरबाट कम्तिमा वर्षमा एक पटक उन निकाल्नुपर्छ नत्र त्यो बढ्दैबढ्दै गएर समस्या हुन थाल्छ।

उद्धारकर्ताले उन निकालेपछि बाराक अहिले दुब्लो पातलो र राम्ररी देख्न सक्ने भएको छ।  बाराकलाई मिसनले अहिले उद्धार गरिएका अरू भेडासँगै  राखेको छ। बाराक  बिस्तारै  तन्दुरूस्त भइरहेको मिसनले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *