Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the loginizer domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114
प्रदेश नं. ३ मा शेर्पालुङ पुनः गठनको तयारी – Sherpakhabar.com

काठमाडौं (शेर्पाखबर) । प्रदेश नं. ३ मा शेर्पालुङ राष्ट्रिय समिति पुनः गठन गर्न भेला आयोजना हुने भएको छ । जनता समाजवादी निकट शेर्पालुङ राष्ट्रिय समिति पुनः गठनका लागि दोलखाको जिरीमा भेला आयोजना गरिएको हो ।
पौष २२ गते ३ नम्बर प्रदेशको जिरीमा शेर्पालुङ सभा आयोजना गरिएको र सोही सभामार्फत समिति पुनः गठन हुने जसपा शेर्पालुङ इन्चार्ज लाक्पा शेर्पाले जानकारी दिनुभयो । जसपाको विधानमा प्रदेश नं. १ मा मात्रै राष्ट्रिय समिति रहने व्यवस्था गरेपछि प्रदेश नं. ३ मा पनि समिति गठन हुनुपर्ने पार्टी संबद्ध शेर्पाहरुले माग गर्दै आएका छन् । पार्टीको विधानमा व्यवस्था नभएपछि नेतृत्वलाई दबाब बढाउन भेला आयोजना गरिएको एक नेताले जानकारी दिए ।
‘हामीले प्रदेश नं. १ र ३ मा शेर्पालुङ समिति हुनुपर्छ भनेका थियौं, विधानमा ३ नम्बरमा राखिएन । त्यसलाई सुधार गर्न पटकपटक नेतृत्वलाई अनुरोध गरेपछि व्यवस्ता भयो । तसर्थ, स्वतस्फुर्त समिति पुनः गठन गर्न लागिएको हो ।’ ती नेताले भने ‘पहिचानलाई स्थापित गर्दै संघीयतालाई सवलीकरण गर्नपनि शेर्पालुङ समिति वागमती प्रदेशमा हुनु जरुरी छ ।’
शेर्पाहरुको सघन वसोवास प्रदेश नं. १ र ३ मा रहेकाले दुवै प्रदेशमा समिति गठन गरी गतिविधि सञ्चालन गर्न पाउनुपर्ने उनीहरुको भनाइ छ । केन्द्रीय नेतृत्वले भने बागमतीमा ताम्सालिङ–नेवा प्रदेश मात्रै रहने गरी विधानमा व्यवस्था गरेको छ ।
प्रदेश नं. ३ (बागमती) मा समिति पुनः गठन लगतै प्रदेश नं. १ मा पनि समिति गठन हुने शेर्पालुङ राष्ट्रिय समितिका अध्यक्ष दावा शेर्पाको भनाइ छ । प्रदेश नं. १ मा समिति गठन गर्न ताप्लेजुङको मिक्वाखोलामा माघ ६ गते भेला आयोजना गरिएको जनाइएको छ ।
हिमाली क्षेत्रमा बसोवास गर्ने पार्टी संबद्ध जातीय संगठनहरुको अगुवाईमा शेर्पालुङ समिति घोषणा हुने भएपछि पार्टी नेतृत्व तिब्र दबाबमा परेको छ । नयाँ संविधानपछि घोषणा भएको सात प्रदेशमा पनि शेर्पाहरुलाई खण्डित गरेको र पार्टीमा समेत शेर्पाको अस्तित्वमाथि प्रहार गर्ने खाले चालबाजी भइरहेको भन्दै शेर्पालुङ क्षेत्रबाट पार्टीमा सम्बद्ध नेता, कार्यकर्ताहरु आक्रोशित छन् । भेला रोक्न शिर्ष नेतृत्व चरणबद्ध छलफल समेत गरीरहेको बुझिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *