Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the loginizer domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114
पूर्वप्रेमिको श्रीमतीको कपाल लुछ्दै मन्त्री वली – Sherpakhabar.com

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीलाई प्रहरीले पक्राउ गरेको छ। एक महिला र उनकी छोरीलाई कुटपिट गरेको आरोपमा वलीलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै गएर मन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेकी थिइन्।

अर्काको घरभित्र गएर मन्त्री नै कुटपिटमा उत्रिएपछि उनलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले बताएको छ।

मन्त्री वलीले मीनाको घरभित्रै गएर कपडासमेत फालिदिएपछि घटनास्थलमा प्रहरी परिचालन गरिएको थियो।

महिला र बालिका कुटपिट गरेपछि राज्यमन्त्री वलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको हो।

मीनाका अनुसार बिमला आज बिहान करिब ८ बजेतिर एक्कासी घरमा आइपुगेकी थिइन्।

‘च्यानल गेटमा हान्दै ढोका खोल, ढोका खोल भन्दै भित्र पसिन्। त्यसपछि मलाई र तीन वर्षकी छोरीलाई कुटपिट गरिन्,’ मीनाले भनिन्, ‘एकराज खोइ भन्दै उनी घरभित्र आएकी थिइन्।’

एकराज बस्नेत मीनाकी श्रीमान् हुन्। ‘मेरो कोठामै पसेर सानी छोरीको कपाल लुछ्दै कुटपिट गरिन्, लुगा फालिदिइन्,’ मीनाले भनिन्।

यो घटनापछि स्थानीय पनि आक्रोशित छन्। मन्त्रीले ुसीमा नाघेरु अर्काको घरभित्र छिरेर कुटपिट गरेको उनीहरू बताउँछन्।

केही अघि बिमला र मीनाका श्रीमान् एकराजबीच ुप्रेम सम्बन्धु रहेको बाहिरिएको थियो। उनी नेकपा माओवादी केन्द्रबाट सांसद पनि छिन्।

उनी दाङको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन्। ०७४ मा यो क्षेत्रबाट नेकपा एमालेका उत्तरकुमार वली निर्वाचित भएका थिए। उनको निधनपछि उपनिर्वाचन गर्दा उनकी पत्नी बिमला यहाँबाट निर्वाचित भएकी हुन्।

तत्कालीन नेकपा विघटन भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः अस्तित्वमा आएपछि बिमलाले माओवादी पार्टी रोजेकी थिइन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *