Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the loginizer domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114
पुरानो गुम्बाभित्रका धार्मिक ग्रन्थ र मूर्ति सुरक्षित स्थानान्तरण – Sherpakhabar.com

ओखलढुंगा । जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा न ९ पात्लेमा एक जीर्ण गुम्बाभित्रको धार्मिक ग्रन्थ र मूर्तिहरु सुरक्षित स्थानान्तरण गरेको छ । स्थानीय र गुम्बा व्यवस्थापन समितिले बर्षातको समयमा जीर्ण गुम्बाभित्रको बौद्ध धार्मिक ग्रन्थ (पस्तुक), विभिन्न मूर्ति र गुम्बाभित्रका पूजा सामाग्रीलाई सुरक्षित रुपमा नयाँ गुम्बाभित्र स्थानान्तरण गरेको हो ।
२०७२ को भूकम्पले जीर्ण बनेको फाप्रे छेर्मादिङ्ग देच्यान छोकुर छोलिङ गुम्बा डाँडाकटेरीका सामाग्रीहरु नयाँ गुम्बाभित्र स्थानान्तरण गरिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मिङ्गमार शेर्पाले जानकारी दिनुभयो । बर्षातसँगै पुरानो गुम्बा थप जीर्ण हुने र बहुमूल्य सामाग्रीहरुमा क्षति पुग्ने अवस्थालाई ध्यानमा राख्दै भरखरै निर्माण गरिएको नयाँ गुम्बाभित्र सारिएको अध्यक्ष शेर्पाको भनाई थियो ।


२०५७ सालमा स्थानीयहरुले निर्माण गरेको ढुंगामाटोले बनेको गुम्बा भूकम्पले जीर्ण बनेको थियो । कुनैपनि सरकारी तहमा पुनः निर्माण र संरक्षणको लागि पहल गरेपनि चासो नदेखाएपछि स्थानीयहरुले नै आर्थिक सहयोग संकलन गरी भूकम्प प्रतिरोधी नयाँ गुम्बा निर्माण गरी सामाग्रीहरु सारिएको व्यवस्थापन समितिका सचिव आङ्ग दावा शेर्पाले जानकारी दिनुभयो । स्थानीयहरुको श्रमदान, अमेरिकामा बसोबास गर्ने नेपालीहरुसँग स्थानीय ओङछु शेर्पाको संयोजकत्वमा र मकाउमा ङावाङ गेल्जे शेर्पाको संयोजकत्वमा संकलित सहयोग रकमबाट नयाँ गुम्बा निर्माण सम्पन्न गरेको निर्माण समितिका सचिव मिङमार डि शेर्पाले जानकारी दिनुभयो । नयाँ गुम्बा निर्माणका लागि स्थानीय ङावाङ छोजाङ शेर्पाले जग्गा उपलब्ध गराउनु भएको थियो ।
नयाँ गुम्बामा सामाग्री स्थानान्तरनसँगै प्रमुख लामा ङावाङ साम्तेन लामा शेर्पाको अगुवाईमा विधिपूर्वक पूजापाठ तथा क्षमा पूजा सम्पन्न गरेको जनाइएको छ । कार्यक्रममा स्थानीय बौद्धमार्गी भक्तजनहरुको बाक्लो उपस्थिती रहेको थियो । हाललाई सामाग्रीको सुरक्षालाई ध्यानमा राखेको र छिट्टै गुम्बा तथा नजिकै निर्माण भएको बौद्ध स्तुपाको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम समेत रहेको वडा अध्यक्ष ङावाङ फुरी शेर्पाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *