काठमाडौं । हेलि एभरेष्टले तेस्रो हेलिकप्टर थप गरेको छ ।  कम्पनीले २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवसको अवसर पारी नयाँ हेलिकप्टर भित्राएको प्रबन्ध निर्देशक फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिए । कम्पनीले एएस ३५० बीई ए१२५ हेलिकप्टर भित्राएको हो ।
सिंगल इन्जिन यो हेलिकप्टर नेपालको भूगोल र मौसम सुहाउँदो मोडल रहेको कम्पनीको भनाइ छ ।

आकस्मिक उद्धार, पर्यटकीय सेवा, व्यापारिक उडान, चिकित्सकीय सेवा तथा कार्गो उडानमा यो हेलिकप्टरको प्रयोग गरिने कम्पनीले जनाएको छ । नेपालमा पर्यटकीय सिजन चलिरहेको समयमा हेलि एभरेष्टले नयाँ हेलकप्टर भित्राएको हो ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *