कर्मा शेर्पा
काठमाडौं (शेर्पाखबर) । कलाकारिता र मोडलिङको माध्यमबाट समुदायमा चिनिएका जाङमु इनन शेर्पा फेरि एक पटक चर्चामा छिन् । उनकी अभिनयमा विभिन्न नेपाली गीतहरुलाई समिश्रण गरी तयार पारेको म्यूजिक भिडियो ट्रेण्डिङ नजिक छ ।
मिस मंगोल २०१८ उपाधी हासिल गरेर चर्चा बटुलिएकी जाङमु इननको यो पहिलो म्यूजिक भिडियो भने होइन । यसअघि पनि उनले विभिन्न म्यूजिक भिडियोहरुमा अभिनय गरेकी छन् । विशेष गरी मोडलिङ, नृत्य र उद्घोषणमा छवि बनाएकी शेर्पाको पछिल्लो म्यूजिक भिडियोलाई लाख पटक भन्दा बढी हेरेका छन् । त्यस्तै, सयौंले सकारात्मक प्रतिक्रिया समेत जनाएकी छन ।
यस पटकको म्युजिक भिडियोमा उनलाई दावा शेर्पाले साथ दिएका छन् । ‘नेपाली मसुप कभर सङ’ नाम दिएर चल्तीका ४ वटा गीतलाई मिश्रण गरी बनाएको म्यूजिक भिडियोको रुद्र घर्तीमगरले गीतलाई मिक्स गरेका छन् । त्यस्तै, कुमार सानु पुनले मिक्सिङ, चक्र पुलामीको निर्देशन रहेको उक्त भिडियोको सिनेमोटोग्राफर मिलन शंकर छन् भने सम्पादन श्रृजन पाण्डे र कोरियो ग्राफिमा सबु नेपाली र वविता तामाङ छिन् ।
ग्रामिण परिवेशमा छायाँकन गरिएको म्युजिक भिडियोले सकारात्मक प्रतिक्रिया पाइरहेको र यसले आफ्नो कलायात्रामा थप हौसला मिलेको मोडल जाङमु इनन शेर्पाले बताइन् ।
