Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the loginizer domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sherpakhabar/public_html/wp/wp-includes/functions.php on line 6114
गुम्बा पुनः निर्माणका लागि शेर्पाको अगुवाईमा मकाउबाट सहयोग – Sherpakhabar.com

काठमाडौं (शेर्पाखबर) । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नं. ३ डाँडा कटेरीस्थित गुम्बालाई मकाउमा बसोबास गर्ने नेपालीहरुबाट आर्थिक सहयोग प्राप्त भएको छ । गुम्बा पुनः निर्माणका लागि स्थानीय ङावाङ गेल्जे शेर्पाको अगुवाईमा ४ लाख ५० हजार बढी सहयोग प्राप्त भएको हो ।


भूकम्पपछि जीर्ण बनेको फाप्रे छेर्मार्दिग देच्यान छोकूर छोलिङ गुम्बा डाँडाकटेरीको पुनः निर्माणका लागि सामाजिक अभियान्त समेत रहनु भएका अगुवा शेर्पा स्वयम्बाट १ लाखसहित ४ लाख ५५ हजार ४ सय रुपैयाँ सहयोग प्राप्त भएको गुम्वा व्यवस्थापन समितिका अध्यक्ष मिङमार शेर्पाले जानकारी दिनुभयो ।
संकलित सहयोग रकम गुम्बाका प्रमुख लामा एवम् अभियान्त शेर्पाका बुबा ङावाङ साम्तेन शेर्पाले गुम्बा व्यवस्थापन समितिका अध्यक्षलाई एक कार्यक्रमका विच हस्तान्तरण गर्नुभएको पिके फाप्रे आविका प्रधानाध्यापक नुरी शेर्पाले जानकारी दिनुभयो ।
भूकम्पले जीर्ण बनेपछि पूरै नयाँ गुम्बा निर्माणका लागि स्थानीय समेतको सकृयातामा गुम्बा व्यवस्थापन समितिले पहल गरिरहेको अवस्थामा बैदेशिक रोजगारीको शिलशिलामा मकाउमा रहनु हुने नेपालीहरुबाट आफूले अपेक्षा गरेभन्दा बढी सहयोग रकम जुटाएर योगदान गरेको भन्दै सो अवसरमा अभियान्त शेर्पालाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।


२०७२ सालको भूकम्पबाट गुम्बा क्षतिग्रस्त भएपनि राज्यले पुनः निर्माणका लागि ध्यान नदिँदा स्थानीयहरु आफूले पुनः निर्माणका लागि जुटेको बेला अमेरिकाबाट ओङछु शेर्पाको संयोजकत्वमा र मकाउबाट शेर्पाको अगुवाईमा आर्थिक सहयोग संकलन गरी गुम्बाको बाह्य संरचना निर्माणको काम सम्पन्न गरेको निर्माण समितिका सचिव मिङमार डि शेर्पाले जानकारी दिनुभयो ।
लामो समयदेखि मकाउमा रहँदै आउनु भएको अभियान्त शेर्पा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । लामो समय शिक्षण पेशामा संलग्न शेर्पा मकाउमा विभिन्न नेपाली भाषी संस्थामा समेत सकृय रहनु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *