प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती पत्रिका गार्जियनको अनलाइन संस्करणमा लेख लेख्दै अन्तर्राष्ट्रिय समुदायलाई ‘शेर्पा’ बन्न आह्वान गरेका छन् । आपत्का बेला हिमाल आरोहीहरूलाई आफ्नो अक्सिजनसमेत बाँड्नका लागि नेपालका शेर्पाहरु प्रख्यात रहेको उदाहरण दिँदै कोभिड–१९ का कारण नेपाललाई श्वास फेर्न गाह्रो परिरहेको बताउँदै प्रधानमन्त्री ओलीले आफ्नो देशले अन्तर्राष्ट्रिय समुदायको ‘शेर्पा’ खोजिरहेको बताएका हुन् ।
लेखमा प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको लडाईं लड्न अन्तर्राष्ट्रिय समुदायसँग नेपाललाई अत्यावश्यक स्वास्थ्य उपकरण, औषधि र खोप उपलब्ध गराउन आग्रह गरेका पनि छन् । यसअघि सीएनएनसँगको भिडियो अन्तरवार्तामा देशमा कोरोनाभाइरसको अवस्था ‘नियन्त्रण’ मा रहेको बताएका ओलीले महामारीले विकराल रुप लिएको र जनताको ज्यान जोगाउन अन्तर्राष्ट्रिय समुदायको तत्काल सहयोगको आवश्यकता पनि औँल्याएका छन् । उनले जी–७ राष्ट्रको अहिलेको अध्यक्षको हैसियतले बेलायतलाई शीघ्र रुपमा खोप उपलब्ध गराउन भूमिका खेल्न पनि आग्रह गरेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *