हिमपहिरोमा पुरिएका सातै जनाको शव सेनाले फेला पार्‍यो

२०७७ बैशाख २०, शनिबार


काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा पर्ने हिङ्कु केभ क्षेत्रमा तीन महिना अगाडि गएको हिमपहिरोमा पुरिएका सबै सातै जनाको शव फेला परेको छ ।

पछिल्लो पटक एक जना नेपाली र एक जना कोरियन नागरिकको शव शुक्रबार फेला परेसँगै सबै सातै जनालाई मृत फेला पारिएको नेपाली सेनाले जनाएको छ ।

२०७६ साल माघ ३ गते गएको हिमपहिरोमा ३ जना नेपाली गाइड र ४ जना कोरियन पर्यटकहरु पुरिएका थिए । तीमध्ये २ जना नेपाली गाइड र ३ जना कोरियन पर्यटकहरुको शव पहिल्यै फेला परिसकेका थिए ।

अन्य दुई जनालाई खोज्न पश्चिम पृतना हेडक्वाटरको समन्वयमा पोखरास्थित सेकेण्ड रेञ्जर बटालियनबाट टोली परिचालित भएको थियो ।

सो टोलीले वैशाख १९ गते शुक्रबार फेला पारि शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइपुर्याएको नेपाली सेनाले जनाएको छ ।

अनलाइनखबर
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho