खिजीदेम्बालाई लाइन्सको स्वास्थ्य सामाग्री सहयोग

आङ फूर्वा शेर्पा

२०७७ बैशाख १३, शनिबार


काठमाडौं (शेर्पाखबर) । लायन्स क्लब अफ काठमाडौं ओखलढुङ्गाको संयोजनमा खिजीदेम्बा गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिका प्रमुख वेदबहादुर रोकालाई उक्त सामाग्री लाइन्सका अध्यक्ष बालकृष्ण दाहालले राजधानीमा हस्तान्तरण गरेको हो । ्
स्वास्थ्य सामग्रीहरू काठमाडौँ उपत्यकामा रहेका विभिन्न लायन्स क्लबहरू, संघ–संस्था र व्यक्तिहरूको सहयोगमा संकलित गरेको थियो । सहभागी विभिन्न लायन्स क्लबहरू, संघ संस्थाहरुमा लायन्स क्लब अफ काठमाडौ ओखलढुङ्गा,  लायन्स क्लब अफ डिस्ट्रिक ३२५ ए वान, लायन्स क्लब अफ काठमाडौं रिजेन्सि, लायन्स क्लब अफ काठमाडौं मोडल, लायन्स क्लब अफ काठमाडौं कान्तिपुर, ओखलढुङ्गा विपद् व्यवस्थापन समाज, काठमाडौं, रावादोलु भुसिंगा सरोकार समाज काठमाडौं, यसम सेवा समाज, ओखलढुङ्गा काठमाडौं, गाम्नागटार सेवा समाज, काठमाडौं, सहिद लिला यसोदा दाहाल स्मृति प्रतिष्ठान, काठमाडौ, नेपाली कांग्रेस ओखलढुङ्गा काठमाडौं उपत्यका सम्पर्क समिति, नेपाल कम्यूनिष्ट पार्टी ओखलढुङ्गा काठमाडौं उपत्यका सम्पर्क मञ्च, नेपाली कांग्रेस लिखु  ओखलढुङ्गा काठमाडौं सम्पर्क समिति, डा. रेवतबहादुर कार्की, माम्खा, टेकबहादुर बस्नेत, गाम्नागटार, केशव बाबु र विशाल बाबु  खतिवडा, भदौरे. लिला बहादुर कटवाल, च्यानम. अनिमेश दाहाल, रामपुर.  अर्जुन प्रसाद ढुंगेल, रानीवन रहेका छन्  ।
स्वास्थ्य सामाग्री बुझ्दै अध्यक्ष रोकाले विपतको घडीमा गाउँपालिकाको नागरिको स्वास्थ्य प्रति चिन्ता व्यक्त गर्दै सहयोग गर्नुहुने प्रति आभार व्यक्त गरेको छ ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho