माओवादी खेमाका मन्त्रीको छुट्टै भेला, पुनः पुगे प्रचण्ड निवास

शेर्पाखबर

२०७७ बैशाख ८, सोमबार


काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सकिएलगत्तै सरकारमा रहेका पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक बसेको छ ।

बैठकपछि अध्यक्ष प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन खुमलटारतर्फ लागेका छन् ।  बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा दलसम्बन्धी कानून संशोधनका लागि अध्यादेश ल्याइएको थियो ।

पछिल्लो घटनाक्रम हेर्दा नेकपाभित्रको आन्तरिक किचलो उत्कर्षमा पुगेको स्रोतले बतायो ।
सरकारले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने भएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकमा यसबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए । हालको कानुन अनुसार राजनीतिक दल विभाजन हुनलाई संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान छ ।

अब त्यसमा के-के संशोधन गर्ने भन्ने बारेमा छलफल भए पनि बुँदागत रुपमा अध्यादेश मस्यौदापछि थाहा हुने ती मन्त्रीले बताए ।

@onlinekhabar

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho