कोरोना कहर: सफाई संस्कृतिको विकास, हाम्रो रहर

लाक्पा जी शेर्पा

२०७७ बैशाख ८, सोमबार


लाक्पा जी शेर्पा
कोभिड १९ को परिभाषाबाट कोरोना बारे हामी सबैलाई परिचित गराएको छ । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले मूख्यमन्त्रीहरुकोसँगको ‘भिडियो सम्मेलन’ मा ‘कोरोना भाइसर’का बारेमा गरेको परिभाषापनि चर्चामा छ । प्रधानमन्त्री ओलीले भाइरसलाई ‘कुन अवस्थामा कहाँ रहन्छ ? यो कस्तो प्रकृतिको हो ?’ भन्ने विषय निकै ठट्टाको विषय बन्यो । 
विश्वभर फैलिएको कोरोना महामारीबाट झण्डै दुई लाख जनाले ज्यान गुमाइसकेको र दशौं लाख मानिस प्रभावित भएको अवस्थामा नेपालमा पनि यसको जोखिम उच्च दरमा बृद्धि भइरहेको छ । विशेष गरी विदेशबाट आएहरुबाट संक्रमण फैलिने संभावना बढेसँगै सरकारले वन्दाबन्दीको अवस्था घोषणा गरेको छ । बन्दाबन्दीको लामो समय अवधी पार गर्दा सरकारले यसलाई थप कडाई गर्ने र अन्तरस्थानीय तहमा समेत आवातजावत वन्द गरेको छ । कोरोना संक्रमितको संख्या ३० पुगिसकेपनि हालसम्म कसैको ज्यान भने गएको छैन । संक्रमित मध्ये २ जनाले स्वास्थ्य लाभ गरी आफ्नो घर फर्किसकेका छन् । यो सुखद समाचार हो । 
 

चीनको वुहानबाट शुरु भएको यो रोगले विश्वलाई सताएको करीब ६ महिना वित्नै लाग्दा सबै भन्दा बढी प्रभावित विश्वकै शक्तिशाली मुलुक अमेरिका बन्न पुगेको छ । त्यहाँ  हजारौंको मृत्यु र लाखौं सक्रमित छन् । त्यस्तै ५ सय भन्दा बढी नेपाली समेत प्रभावित छन् भने धेरै जनाको ज्यान समेत गइसकेको दुःखद अवस्था छ । 
विश्व मानव समुदायमा आइपर्ने विभिन्न प्राकृतिक विपती, महामारी मध्ये कोरोना निक्कै डरलाग्दो र सबैका लागि सकशपूर्ण बन्दै गएको छ । विश्वको सुविधा सम्पन्न र आधुनिक प्रणाली यूक्त अमेरिका र प्रविधिमैत्री सेवा प्रदान गरिरहेको र विकसित मुलुकको सूचीमा दर्ज भएका यूरोप लगायतमा मृत्युदर बढेको अवस्थालाई हेर्ने हो भने यो रोगले नेपाललाई छिट्टै प्रभावित पार्न सक्ने कुरामा दुईमत छैन । महामारी फैलिएमा नेपालको वर्तमान व्यवस्था, स्वास्थ्य सेवा र सरकारी तयारीले यसलाई नियन्त्रण गर्ने कुरा परिकल्पना समेत गर्न नसक्ने कुरा छर्लंग छ । 
विश्वको धेरै मुलुकमा संक्रमण बढेसँगै नेपालले समयमै वन्दाबन्दीको अवस्था घोषणा गर्दै अन्तर्राष्ट्रिय उडान र सीमा सुरक्षा कडाई गरेर रोकथाममा केही हदसम्म भएपनि सहयोग पुगेको छ । कोरोना एक महामारी र मानवीय गल्तीकै कारणले उत्पन्न एक प्रकारको प्रकोप भएकाले थोरै असवधानीले नै ठूलो क्षति व्यहोर्नुपर्ने कुरालाई नकार्न सकिन्न । एकतिर वन्दावन्दीको अवस्थाले रोगको रोकथाममा केही हदसम्म सहयोग पुगेको छ भने अर्कोतर्फ यसबाट मुलुकमा ठूलो आर्थिक संकट देखा पर्न थालेको छ । महामारीले शिक्षा क्षेत्रमा विशेष क्षति पुगेको छ । शैक्षिक सत्र २०७६ को बार्षिक परीक्षा, एसइइ परीक्षा र १० जोड दुईका परीक्षाहरु सञ्चालन हुन सकेका छैनन् । नयाँ शैक्षिक सत्र २०७७ को शुरुवात हुन सकेको छैन । र, कतिवेला शुरु हुने भन्ने समेत अनिश्चितप्राय छ । यस्तो अवस्थामा शैक्षिक क्यालेण्डरहरु खलबल हुने र शैक्षिक सत्रको वर्तमान सन्तुलन समेत विग्रिने निश्चित छ । यस्तो अवस्थालाई सुधार्नका लागि र लयमा ल्याउनका लागि राज्यले निक्कै मिहिनेत गर्नुपर्ने हुन्छ । अर्कोतर्फ पटके तथा एक बर्षे योजनाहरु बढी प्रभावित भएका छन् । विकास निर्माणका कार्यहरु रोकिएका छन् । समयमा काम सम्पन्न नहुँदा भुक्तानीको अवसरबाट मजदुरहरु प्रभावित छन् । उनीहरुको रोजीरोटी समेत गुमेको छ । यस्तो अवस्थाले मुलुकलाई नै दशकपछाडि धेकेलिएको छ । 
यस्तो विकराल अवस्थामा पनि राज्य सञ्चालक निकायका अधिकारीहरु मुलुकको हितका लागि भन्दापनि व्यक्तिगत स्वार्थ परिपूर्तिकै लागि उद्त देखिन्छ । स्थानीयदेखि केन्द्रीय तहसम्मका सरकार सञ्चालकहरु फेरिपनि सस्तो लोकप्रियता र आर्थिक लाभमा यो समयलाई प्रयोग गर्ने ध्याउन्नमा छ । यो राम्रो पक्ष हो । यतिवेला मुलुकले खेपीरहेको सबै खाले संकटलाई उचित रुपमा अवतरण गराउन योजना बनाउनु उनीहरुको दायित्व हो । 
कोरोनालाई कतिपय सन्दर्भमा सकारात्मक रुपमा पनि लिनुपर्ने पक्षहरुपनि उत्तिकै छन् । नेपाल जस्तो विकासोन्मूख मुलुकमा अझैपनि मानिसहरुलाई हात धुन, शौच गर्न, पौष्टिक यूक्त खानाका बारेमा सुझाउँनुपर्छ । ‘फोहोर हातले खाना खाँदा किटाणु मुखबाट पेटमा पुग्छ र विभिन्न रोग निम्तीन्छ ।’ भन्नुपर्छ । यस्तो अवस्थामा कोरोना भाइरसलाई जित्ने मूख्य ओखती भनेको हात धुनु रहेको विज्ञहरुले बताएको छन र त्यसलाई कडाईका साथ लागू गर्न राज्य लागि परेका छन् । यसबाट अन्य रोग लाग्नबाट समेत नागरिकलाई सचेत बनाएको छ भने नागरिक स्वास्थ्य सुरक्षामा समेत सघाउ पुगेको छ । खाली खुट्टा, खाली आँखा, मुखौटो विना हिँड्डुल गर्दा अन्य किटाणुहरु समेत शरीरमा प्रवेश गर्ने र असर गर्ने गर्दछ । कोरोनाको त्राससँगै मानिसले आफ्नो स्वास्थ्यलाई ध्यान दिन थालेको छ । सफाई संस्कृतिको विकाससँगै स्वास्थ्य संस्थामा झडापखला, आउँ, निमोनिय, रुघाखोकी जस्ता रोगबाट पीडितहरुको संख्या घटेको छ । दीर्घरोगीहरु बाहेक सामान्य विरामीहरु सरसफाईकै कारणले कमि भएका छन् । उसो त पशुपति आर्यघाटमा शब ल्याउने क्रमसमेत कम भएको छ । त्यस्तै, खानापान संस्कृतिलाई समेत परिवर्तन गर्ने भएकाले रोगीहरुको संख्या कम हुँदै आएकोले कोरोनालाई सकारात्मक रुपमा हेर्नेहरुपनि छन् । यसबाट कमसेकमपनि हामीलाई फोहोर वस्तुसँग संशर्घगरेपछि हात धुनुपर्ने, आँखामा चस्माको प्रयोग गर्नुपर्ने, शरीरिमा अपच हुने गरी खाने कुरा खान नहुने, राम्ररी धोई पखाली गरेर मात्रै खानेकुरा खाने, एक आपसमा भेट्दा, खोक्दा मुख छोप्ने, मुखौटो लगाउने, धुलो, धुवाँ जस्ता वस्तुबाट बच्ने लगायत अनेक कुराहरुको ज्ञान हासिल गर्न वाध्य बनाएको छ । 
अतः कोरोना विरुद्धको मुख्य अभियान सरसफाई रहेको कुरा प्रमाणित भएको छ । यसले अरुरोगसँग मिलेर मात्रै बढी संक्रमण गर्ने कुरापनि पुष्टि भएको अवस्थामा विभिन्न दीर्घ रोग भएका व्यक्तिहरु अझ समेत हुनुपर्ने, उनीहरुलाई विशेष सुरक्षा व्यवस्था मिलाउनुतर्फ लाग्नुपर्ने अवस्था देखिन्छ । सफाई संस्कृतिको विकास भएको वर्तमान अवस्थामा सरसफाई कोरोना विरुद्धमा मात्रै होइन आफ्नै स्वास्थ्य बचाउनका लागि हो भन्ने चेत हामीमा खुल्नु जरुरी छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho