अलपत्र परेकाहरुको विवरण संकलन तिब्र

लाक्पा जी शेर्पा

२०७७ बैशाख ६, शनिबार


काठमाडौं (शेर्पाखबर) । विभिन्न स्थानीय तहले आफ्नो पालिकाभित्रका नागरिकको उद्धारका लागि पहल थालेको छ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका र खोटाङको हलेसी तुवाचुङ नगरपालिकले यस्तो पहल गरेको हो । 
यी दुई स्थानीय तहले राजधानी लगायत पालिका बाहिर रहेका नागरिकलाई उद्धार गरी सुरक्षित तवरले घरघरमा पुर्याउने अभियान थालनी गरेका छन् । सार्वजनिक सूचना जारी गरेर दुबै स्थानीय तहले घर जान चाहनेका लागि वडाका जनप्रतिनिधी र पालिकामा सम्पर्क गर्न उर्दी जारी गरेको छ ।
 

यससँगै राजधानी लगायत विभिन्न ठाउँमा अलपत्र परेका, घर जान समस्या भएकाहरुले राहतको स्वास फेर्न पाएका छन् । स्थानीय तहहरुले तत्काल श्रमिक, मजदुर, दैनिक ज्यालादारी, विद्यार्थीहरुको लागि यो कार्यक्रम सञ्चालन गर्न लागेको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोक्काले शेर्पाखबरलाई जानकारी दिए । ‘आफ्नो क्षेत्रको जनताको सुरक्षा गर्न नै हामी जिम्मेवारी लिएर आएका छौं । संकटको यस घडीमा नागरिको सुरक्षा गर्नु र संरक्षण गर्नु हामी सबैको दायित्व हो ।’ अध्यक्ष रोकाले भने ।

कोरोना भाइरसको महामारीले मुलुक लामो समयदेखि बन्दाबन्दीको अवस्थामा रहँदा राजधानीबाट आफ्नो घर जान चाहनेहरु समस्यामा परेका थिए । अब समस्यामा परेका र आफ्नो घर जान चाहनेले सम्पर्क नम्बरसहित विवरण पालिकामा टिपाएर घर जान पाउनेछन् । तर, यो कार्य तत्काल भने हुने छैन । हलेसी तुवाचुङ नगरपालिकाका अध्यक्ष इवन राईले भने ‘केन्द्र र प्रदेशसँग कुरा भइरहेको छ । माथिको निर्णय आउन समय लाग्न सक्छ ।’
दुई स्थानीय तहले जस्तै अन्यले पनि आफ्ना नागरिक प्रति उत्तरदायित्व सम्झेर कार्यअघि बढे राजधानीबाट पैदल हिडेर गएको दर्दनाक कथाहरु सुन्न र पढ्न कम हुन्थ्यो की ?
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho