खुम्बुपासाङल्हमु गापामा लकडाउन प्रभावकारी भएन

लाक्पा जी शेर्पा

२०७७ बैशाख ३, बुधबार


सोलुखुम्बु (शेर्पाखबर) । खुम्बु पासाङ ल्हमु गाउँपालिकाले कोरोना संक्रमण रोकथामका लागि लागू गरिएको ‘बन्दावन्दी’ प्रभावकारी नभएको स्वीकार गरेका छन् । जारी वन्दावन्दी अर्थात ‘लकडाउन’ प्रभावकारी नभएको भन्दै गाउँपालिकाले पुनः सूचना प्रकाशन गरेको छ । 
गाउँपालिकाका अधिकृत सुजन बुढाथोकीद्धारा हस्ताक्षरित सूचनामा उप्रान्त लकडाउन कडाईका साथ लागू गर्न अटेर गरे कार्वाही गर्नेसम्मको चेतावनी दिइएको छ । गाउँपालिकाले वैशाख ३ गते तेस्रो पटक सूचना प्रकाशन गर्दै लकडाउन कडाई गरिएकाले पूर्ण परिपालन गर्न उर्दी जारी गरेको छ । ‘यसअघिको लकडाउन प्रभावकारी देखिएन । उप्रान्त औषधी र खाद्यन्न बाहेक अन्य पसल खोल्न पाइने छैन ।’ सूचनामा भनिएको छ ‘विहान ७ देखि ९ र साँझ ४देखि ६ बजेसम्म खाद्यन्न पसलहरु खुल्नेछन् । जहाँ सामाजिक दुरी कायम गरेर मात्रै किनमेल गर्नुपर्ने छ ।’

त्यस्तै, गाउँपालिकाभित्र निर्माण कार्यहरु भइरहेको सूचना प्राप्त भएकाले त्यसखाले कार्य समेत तत्काल रोक्न अर्को सूचना जारी गरेको छ । सार्वजनिक र व्यक्तिगत निर्माण कार्यहरु अर्को सूचना प्रकाशन नभएसम्मका लागि तत्काल रोक्न सूचना प्रकाशन गरेको हो । त्यस्तै, कुनै अत्यावश्यक निर्माण सम्वन्धि काम गर्नु परेमा सम्बन्धित वडाको अनुमति र प्रत्यक्ष निगरानीमा गर्नुपर्ने समेत सूचनामा उल्लेख छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho