शेर्पा समुदाय लक्षित अनलाइन निबन्ध लेखन प्रतियोगिता हुने

ङावा शेर्पा

२०७६ चैत्र २८, शुक्रबार


ङावा शेर्पा
काठमाडौं (शेर्पाखबर) ।
शेर्पा इभेन्ट अर्गनाइजरले  निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ ।  कोरोना संक्रमण फैलनबाट बच्न सरकारले ‘बन्दाबन्दी’ घोषणा गरेको अवस्थामा सिर्जनात्मक कार्यमा क्रियाशिल गराउने हेतुले प्रतियोगिता आयोजना गर्न लागेको हो । 
विश्वभर फैलिएको महामारीले सबैलाई त्रसित बनाएको परिस्थितिमा मानिसहरुलाई सिर्जनात्मक कार्यमा सक्रिय गराउने, महामारीको प्रतिकार्यका लागि नयाँ सोचसहित विचार मन्थन गराउने हेतुले कार्यक्रम आयोजना गरेको अध्यक्ष नुरु शेर्पाले जानकारी दिए । ‘सरकारलाई पनि सहयोग पुगोस् भन्ने हेतुले स्वतन्त्र लेखन प्रतियोगिता गर्न लागिएको हो । अध्यक्ष शेर्पाले भने ‘स्वतन्त्र निबन्ध ‘कोरोना महामारीको  विषयमा केन्द्रीत हुनुपर्नेछ ।’
कोरोना महामारीको विश्वव्यापी अवस्था, नेपालको अवस्था, बच्ने उपायहरु, महामारीले विश्व मानव समुदायमा ल्याएको चुनौतिहरु, नेपालका अगाडी देखिएका चुनौतिहरु, यसले विश्वलाई दिएको सन्देशहरु, विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु, मानव सभ्यता र संस्कृतिमा पार्ने असरहरु, मानव जातिको भविष्यमा थपिएका चुनौतिहरु, वातावरण र जीवजगतमा पर्ने असर लगायतका विषयहरु समेट्न क्षेत्र तोकेको छ । स्वतन्त्र लेखनको साथ विषयबस्तुसँग सम्बन्धित तस्वीरहरु उपलब्ध गराउनुपर्ने नियम बनाइएको सचिव आङ छिरि शेर्पाले जनाए ।
 

प्रतियोगितामा शेर्पाहरुले  आलेख, निबन्ध, संस्मरण कविता वा अन्य शैलीमा आफ्ना प्रस्तुती राख्न सक्नेछन् । खुला निबन्ध, लेखन प्रतियोगितामा शेर्पा समुदायले  मात्र भाग लिन पाउनेछन् । १८ वर्षभन्दा कम उमेरका तर नागरिकता लिन बाँकी रहेका विद्यार्थीहरुले पनि भाग लिन पाउँछन । प्रवासमा बसोबास गर्ने शेर्पाहरुले प्रतियोगितामा भाग लिन पाउनेछन् । सकारात्मक सोच र सिर्जनात्मक लेखनलाई उच्च प्राथमिकता दिइने छ ।
प्रतियोगितामा १५ हजार प्रथम, ८ हजार  द्धितीय र ५ हजार रुपैयाँ तृतीय स्थान हासिल गर्नेलाई पुरस्कार दिइनेछ । सहभागी सबैलाई प्रमाणपत्रको ब्यवस्था समेत गरिने भएको छ । लेख रचनाहरुको तीन चरणमा छनौट हुनेछ । पहिलो चरणमा सम्पादकीय समूहबाट प्रकाशन योग्य लेख रचना छनौट गर्ने छ  । दोस्रो चरणमा पाठकको प्रतिक्रिया, फेसबुक शेयर  तथा कमेन्ट र सम्पादकीय मूल्याङकनका आधारमा छनौट गरिनेछ । तेस्रो चरणमा स्वास्थ्य, साहित्य, आर्थिक लगायतका क्षेत्रमा प्रसिद्ध व्यक्तिहरु सहभागि विज्ञ समूहको मूल्याङकन, पाठक प्रतिक्रिया र सम्पादकीय समूहको मूल्याङकनको आधारमा अङ्कभार प्रदान गरी छनौट हुनेछ ।
कम्तिमा २ सय र बढीमा ३०० शब्दको हुनुपर्नेछ भने अन्य प्रस्तुतिको लागि न्युनतम सीमा तोकिएको छैन । यस अघि अन्य माध्यममा प्रकाशन भइसकेका लेखररचना स्वीकार्य नहुने सीमा तोकिएको छ ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho