ज्ञानलाई मापन गर्न सिकौं: नुरु शेर्पा

नुरु शेर्पा

२०७६ चैत्र २८, शुक्रबार


नुरु शेर्पा


ज्ञान भनेको साँचो घटनाहरूको परिचय मात्रै होइन । कुन कारणहरूले वा कस्ता परिस्थितिहरूमा कस्ता घटना छन् भन्ने जान्नु समेत ज्ञान हो ! एउटा् भनाइ छ  ‘एरिस्टोटलले ज्ञान उत्पादन गराउने आठ ओटा बिषय हुन्छ’ भनेका छन ।
– त्यो के हो (द्रव्य) 
– केले बनिएको छ (गुण)
– कत्रो छ (परिणाम) 
–कस्तो सम्बन्धको छ (सम्बन्ध)
– कहाँ छ (दिशा) 
– कहिले हुन्छ (काल)
–कुन अवस्थामा छ (आसन) 
–कसरी रहेको छ (स्थिति), यी आठ ओटा प्रश्नहरूको उत्तर समेटिए पछि मात्रै ज्ञान उत्पादन हुन जान्छ ।! हामीले, सूचना, ज्ञान र बुद्धिमा फरक छुट्याउन सक्नुपर्छ । जस्तो कि, धामीझाँक्रीले झारफुक गर्छ एउटा सुचना हो । कहिँ कतैबाट समाचार पाउनु सूचना हो  (२) धामीझाँक्रीले बिमारीलाई  तन्त्रमन्त्र गरी निको पार्छ त्यो एउटा  ज्ञान हो । (३) धामीझाँक्री मनोवैज्ञानिक परामर्शदाता मात्रै हुन्, होइन  हस्पिटल जानु पर्छ भन्नु चाँही बुद्धि हो । तर्कसंगत कुरा गदा, धामीझाँक्रीले भविष्यको कुरा देख्छ र फुकफाग गर्छ भन्नु सूचना मात्रै हो तर ज्ञान होइन । समाजमा सबै ब्यक्तिसँग एक ज्ञानका उपर छ्न जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान भएका बीच एक आपसमा ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान गर्न सक्छन् । समाजमा ज्ञानलाई  भौतिक र अभौतिक गरी दुई प्रकारको हुन्छ भनिन्छ । त्यो गलत हो । किनकि हामीले ज्ञान कति प्रकारको हुन्छ त ? भनेर प्रकारले मापन गर्नु भन्दा पनि अवस्थामा मापन गर्न जरुरी छ । किनभने ज्ञानको विषयमा  हेराक्लिटसले भन्नेका छन्, ज्ञान परिवर्तनशिल छ । जस्तैः  उहीँ नदिमा दुईपटक पस्न सकिन्दैन । किनकी त्यहाँ सदैव अर्को, फेरि अर्को पानी बगिरहेको हुन्छ । जगत र ज्ञानको सृष्टि त्यसको नासा हो । त्यसको नासा उसको सृष्टि हो भन्ने भनाइ प्रचलित छ । त्यसैले ज्ञानलाई  प्रकार होईन अवस्थामा मापन गर्ने चेतना निर्माण गरौ ज्ञानको विन्यास छुट्टिन सक्छ तर सार्वभौम ज्ञान विश्वव्यापी रहन्छ । ज्ञान यात्राको १२ औं अंशमा पनि लेखिएको छ कि ज्ञानले जहिल्यै ब्राह्माण्डको मुलतत्व खोज्छ । युनानका प्रथम दार्शानिक “अनक्सिमन्दर“ले “जल“लाई सबैको मुलतत्वको मान्यता दिए । उपनिषद्का दार्शानिकहरूले “एउटैको ज्ञानद्वारा सबैको बिषयमा ज्ञान पाउन सकिने विश्वको मुल उपादान के हो ।’ भन्ने बारेमा बहस गरेको पाईन्छ । बिग ब्याङ भन्दा अगाडिको स्थिति ‘सिंगुलेरिटी’ नै अहिलेको विज्ञानले पत्ता लगाएको अन्तिम सत्य हो । त्यसैले, ज्ञान ‘कन्फ्युरिगेशन’ को अवस्था हो, प्रकार होइन ।
ज्ञान यात्रा
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho