शेर्पा जातिको संघर्षलाई समयसापेक्ष मूल्याङ्कन र कदर जरुरी

सोनाम याङजी शेर्पा

२०७६ चैत्र २६, बुधबार


सोनाम याङजी शेर्पाविश्वमा नै नेपाल भन्ने वित्तिकै भौगोलिक विविधता, बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय समुदाय भनेर चिनिन्छ । यसमा पनि विशेषत हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातिको पहिचान नेपालका अन्य समुदायको भन्दा बेग्लै छ । शेर्पा समुदाय कर्मशील, लगनशील र दयालु स्वभावका हुन्छन् । नेपालमा आजको दिनमा मात्र हैन एकात्मक निरंकुश शासन प्रणाली रहेको अवस्थादेखि नै शेर्पा समुदायमाथि अनेक जालझेल र षड्यन्त्र गरी राज्यस्तरबाटै हकाधिकारबाट कुण्ठित पारेको अवस्था छ । सोझा र इमान्दार भनेर चिनिने शेर्पा जाति माथि शासन गर्न राज्य सञ्चालक शक्तिद्वारा विभिन्न षडयन्त्र गरी उनीहरूको हकअधिकारबाट वञ्चित पार्ने काम हु“दै आएको कुरालाई नकार्न सकिन्न । राज्यस्तरबाट उपेक्षित शेर्पा समुदायले यतिखेर विभिन्न समस्या झेल्दै अनेकांै दुखकष्ट र चुनौतीपूर्ण अवस्था पार गर्दै राज्यमा आप्mनो स्थान बनाउन सफल भएको छ । हिमालमा आफ्नो ज्यान जोखिममा ढाल्दै विश्वमा नेपालको नाम चिनाउने शेर्पा समुदायको संघर्षको मुल्याकंन हुन सकेको छैन । शेर्पा जातिको संघर्षको सही मूल्यांकन गरी अग्रगामी परिवर्तनको धारलाई अझ सशक्त ढंगबाट अगाडि बढाउनु आजको आवश्यकता हो । तरपनि स्थिति भन्ने केवल शब्दमा सिमित भएको पाईन्छ ।
हाल नेपालमा जारी संघीय राज्य प्रणालीको अभ्यास भई रहेको अवस्था, त्यसबाट शेर्पा समुदायको पहिचान माथि निम्त्याउने स्ांकटपूर्ण अवस्थाबारे शेर्पा जातिले सचेत र सजग हुनु पर्ने स्थिति विद्यामान छ । आफ्नो पहिचानका साथै संस्कार बचाउनु पनि शेर्पा समुदायको लागि त्यत्तिकै चुनौतीपूर्ण रहेको छ । सकारात्मक पक्षसँगै नकारात्मक पक्ष गा“सिएर आउने भएजस्तै शेर्पा समाज अग्रगामी परिवर्तनको दिशामा अगाडि बढिरहेको बेला झागि“दै गरेको पश्चिमा संस्कृतिका कारण नेपालीको समाजमा देखिएका परिवर्तनलाई राम्रोसँग सोच्नु पर्ने दिन आएको छ । नेपाली समाजमा पश्चिमा संस्कारको प्रभाव देखिएसँगै शेर्पा समुदायका युवा पी“ढीमा पनि यसको प्रभाव पर्न थालेको छ । यो हुनु आधुनिकताबाट सकारत्मक भएता पनि विश्वमा शेर्पा जातिको पहिचान दिने संस्कृति जोखिमपूर्ण अवस्थामा रहेको कुरा तर्फ ध्यान केन्द्रित गर्नु महत्वपूर्ण विषय हो । शेर्पा समुदायको नेतृत्व र शेर्पा भाषा, संस्कृति संरक्षका खातिर समुदायमा गठन भएका संघसंस्था, लगायत सम्पूर्ण शेर्पा समुदाय सचेत हुनु जरुरी छ । 

नेपालमा बसोबास गर्ने जातजतिको आ–आफ्नै भाषा र धर्म, संस्कार र परम्परा, विचार र सिद्धान्त विद्यमान छन् । यी सबै समुदायलाई आ–आप्mनै संस्कृति र परम्पराको माया, महत्व छ, त्यसैले पहिचानको विषयमा आवाज उठाउने नेतृत्वले पनि विभिन्न आधारमा वर्गीय विभाजन गर्दा समस्या उत्पन्न हुन सक्ने, संस्कृति र परम्परामा आ“च आउन सक्ने सम्भावना प्रति विचार पु¥याएर सबै जातजाति, धर्म सम्प्रदायलाई एकताको सुत्रमा बा“धेर विकास निर्माणमा सबै जाति समुदायलाई समान रूपमा सहभागी गराउनु जरूरी देखिन्छ । अन्यथा जातीय संस्कृतिको रूपमा मनाउने हरेक चाडपर्व जसले हाम्रो अस्तित्व बचाई राख्न सहयोग पु¥याएको छ, त्यसलाई दिगो रूपमा अगाडि जोगाई राख्न असमर्थ हुने अवस्था आउने छ । वर्षौ देखि पहिचानका लागि आफ्नो समय दिएका ती पहिचानवादी नेतृत्वहरुको संघर्ष खेरा जान सकिन्छ । त्यसैले हाल नेतृत्वपंक्तिमा रहेकाहरुले यसलाई विषेश ध्यान दिन आवाश्यक छ । 
देश विकासको मूलआधार  शिक्षा, स्वास्थ्य, रोजगारजस्ता संवेदनशील पक्ष भएकाले उच्च हिमाली भेगका दुर्गम क्षेत्रमा विकासका पूर्वाधार पु¥याउर्ने कार्य तीव्र रुपमा भएको देखिन्छ । यो हाम्रो लागि गौरवको कुरा हो तर विकासको नाममा हुने गरेका कार्यहरु प्रति सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । विकास गर्ने भन्ने वाहनामा केही स्थानहरुमा त्यहाँका समुदायको धर्म, संस्कृति माथि दुव्र्यावहार पूर्ण कार्य भएको भन्ने स्थानीयबाट गुनासोहरु सुन्ने गरिन्छ । राज्यले यसतर्फ हालसम्म पनि कुनै त्यस्तो चासो दिएको भने पाईन्दैन । त्यस्तै हिमाली दुर्गम भेगका अधिकांश जनता अशिक्षित र बेरोजगार छन् । यसको फाइदा लिर्दै त्यस क्षत्रका समुदायको संस्कृति झल्काने ढुङ्गे माणीहरु हटाउने, गुम्बा विहार भत्काउने लगायतको कार्यहरु हुने गरेको देखिन्छ । यसलाई समुदायको नेतृत्वतका व्यक्तिहरुले ध्यान दिनु जरुरी छ । 
यस्तै कतिपय दुर्गम तथा हिमाली क्षेत्रमा सहज शिक्षाको पहु“च पुग्न नसक्दा देशमा अन्धविश्वास र कुरितीको संस्कारहरु जीवितै छन् । अशिक्षाकै कारण आप्mनो हकअधिकार र मौलिक संस्कृति के हो भन्नेबारे दुर्गम हिमाली क्षेत्रमा बस्ने सर्वसाधारण अनभिज्ञ छन् । आफ्नो बोलिचालीको भाषा भन्दा फरक भाषामा शिक्षा लिनु पर्ने बाध्यताका कारण सोचेको जस्तो शिक्षा लिन सकेका छैनन् । हिमाली क्षेत्रमा बस्ने शेर्पा जातिलाई राज्यले शिक्षाको पहु“च सहज रूपमा उपलब्ध नगराए यस जातिको सा“स्कृतिक अस्तित्व नै समाप्त हुने अवस्था नआउला भन्न सकिन्न । नेपाल संघीय राज्य प्रणालीमा अघि बढी सकेको कारण संबिधानले दिएको अधिकारलाई प्रयोग गरेर मातृभाषा शिक्षा सुरु भई सक्नु पर्ने हो । यो विषयपनि केवल संबिधानको खाकामा सिमित हुन पुगेको छ । कतिपय स्थानीय निकाय यस विषयमा मौन छन् । 

हिमाली क्षेत्रमा बस्ने शेर्पा जातिले भोग्दै आएका समस्या समाधानमा राज्यले सक्रियता देखाउनु नितान्त आवश्यक छ । राष्ट्रको विकास निर्माण र नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन बलियो माध्यम बनिसकेको शेर्पा समुदाय आझै पनि आफ्नो अधिकारको लागि आन्दोलनरत छन् । समुदायले आप्mनो संस्कार र परम्परा जोगाउ“दै राष्ट्रियताको निम्ति प्रतिबद्धताका साथ लाग्दै आएको भएपनि राज्यले यो राष्ट्रको सम्पति हो भन्ने विषयलाई विर्सन पुगेको छ । यो नेपाल र नेपालीको लागि दुखद् पक्ष हो । नेपालको नाम विश्वमा पु¥याउन सफल शेर्पा समुदाय हरेक समस्या र चुनौती विरूद्ध साहसका साथ लडिरहनेछ भने आफनो संस्कृति र परम्परा विकास र विस्तार गर्न निरन्तर लागिरहनेछ । शेर्पा समुदाय अग्रगामी परिवर्तनको दिशामा निरन्तर लाग्दै आएको छ । यसकारण शेर्पा समुदायको योगदानको राज्यबाट उच्च मूल्याङ्कन गर्ने बेला आएको छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho