आफ्नै भूमिमा शेर्पाहरु अपहेलित छन्ः पूर्वमन्त्री आङ छिरिङ

आङछिरिङ शेर्पा

२०७६ चैत्र २६, बुधबार


आङछिरिङ शेर्पा
पूर्व कृषि सहायक मन्त्री


नेपाल आदिवासी जनजाति महासंघको ५९ जनजाति मध्ये शेर्पा पनि एक हो आदिवासी जनजाति हो । शेर्पाहरु विगत ७ सय बर्ष अगावै खाम मिञ्ग नेपालको पूर्व भाग खुम्बु क्षेत्रको नाङपाल ५ हजार ८ सय मि. नाका मि बाट नेपाल प्रवेश गरेको इतिहास देखिन्छ । त्यसताका तिब्बतको विभिन्न कालखण्डमा गृहयुद्ध ताका विविध कारण वसाईसराई भएको देखिन्छ । शेर्पाहरु पहाडको उच्च हिमाली श्रृंखलामा आफ्नै प्रकारको धर्म, संस्कृति, भेषभूषाको साथै छुट्टै पहिचान भएको जाति पनि हो । पहाडमा पशुपालन खेतीपाती र सीपमुलक कामहरु राडीपाखी बनाउन कार्य गर्दै आएको देखिन्छ । त्यसवेलासम्म शेर्पाहरलाई राज्यले भोटबाट आएको कारण भोटे भन्ने गर्दथे । १९५३ मे २९ मा जब तेन्जीङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगर्माथा पढेपश्चात् शेर्पाहरुलाई विश्वमा चिनिने थप अवसर प्राप्त भएपछि वपराज्यले पनि शेर्पालाई जनजातिमा अंगिकार गरेको देखिन्छ । शेर्पाहरुको धर्म, संस्कती शान्तीका महानायक शाक्यमुनि बुद्धले प्रतिपादन गर्नु भएको शान्ति, अहिंसा, करणाको सिद्धान्तमा आधारित महायानी बौद्ध धर्म नै हो । 
विगत हजारौं बर्ष अगावै पनि शेर्पाहरुले गाउँमा सबै मिली धर्म र शिक्षकको निमिक्त गोम्बाहरु निर्माण गर्दै थिए । वर्तमानमा शेर्पाहरु आफ्नो घरको माथिल्लो तल्लामा छोक्सोम बनाई पूजा आराधाना गर्दछन् । जसमा खास गरेर ऋषिमन (शुद्धमन) बुद्धमार्गमा लाग्न प्रेरित होस् भनेर बक्ती बाल्छौं । त्यही क्षणिक सोचले आक्रोश, रिस, कुन्ठा र व्यक्तिगत स्वार्थ भन्दा माथि उठी सम्पूर्ण प्राणी जगत र मानव कल्याणमा लाग्न प्रेरित गर्दछ । जसको कारण पनि शेर्पाहरु ज्यादै मेहनती, पारिश्रमिक इमान्दार र अनुशासित हुन्छटन् । तर, देशको दुर्भांग्य भन्न पर्दछ की यस वर्ग र धर्म उपर राज्यको दृष्टि नै पर्न सकेन । जसको कराण विकास हुनुको साटो विनास भैरहेको अनुभूति हुन्छ । बुद्ध जन्मभूमि लुम्बिनीलाई मात्र विकास गर्न सकेो भए मात्र पनि बार्षिक करोडौं बुद्धिष्टले नेपाल भ्रमण गर्दछथे । जसको कारण मुलुक समृद्ध बन्न सकिने थियो । तर, हामी भाषणमा समृद्धीको कुरा गछौं व्यवहारमा विभेद । यही नै मुलुकको कमजोरी हो । जे होस् शेर्पाहल्े उत्तरी भूभागको सुरक्षा गर्नुको साथै तेन्जीङ नोर्गे शेर्पा, पासाङ ल्हमु शेर्पा, बाबु छिरी शेर्पा, वर्तमानमा आएर कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गरे साथै विश्वमा नेपाललाई चिनाउन शेर्पाहरुले ठूलो भूमिका छ । तर, आफ्नै भूमिमा शेर्पाहरु अपहेलित छन् । 
शेर्पाहरुको हक अधिकारको स्थापना गर्न शेर्पाहरुको आवजा बुलन्द गर्ने निकाय नेपाल शेर्पा संघ विगत २८ बर्षदेखि नै क्रियाशिल छन् । विगतमा शेर्पाहरु सामुहिक भेटघाट नै कठिन थियो । मलाई राम्रो याद छ । शेर्पाहरु प्रथम अधिवेशन देखि म पनि निरन्तर लागि परेको छु । अधिवेशन निर्वाचनमा केही उपस्थिती भए पनि कार्यसमितिको वैठकहरुमा गणपूरक संख्या पुर्याउन कठिन थियो । हाल आएर शेर्पा संघको जग्गा भवन जस्ता भौतिक सम्पनी देखि नयाँ युवाहरुको पनि कुरा आएको छ । संघ संगठनमा चासो बढ्नु, राजनीति, सामाजिक कार्यमा संलग्नता बढ्नु भन्नु नै सचेतना बृद्धि हुनु हो । मेरो अनुभवमा शेर्पा संघमा शेर्पाहरु वीच मिलाएर सहमति कायम गरी निर्विरोधको वातावरण कायम भएर एकजुट भएर धेरै कामरु सफल पार्न अघि बढीरहेको छ । यसैमा सबैको हितपनि छ । हाल आएर शेर्पाहरुको छुट्टै प्रदेश बनाउन नसकेतापनि शेर्पाहरुले आफ्नो माग छाडिसकेको छैन । 
शेर्पाहरु झनै संगठित भएर सम्पूर्ण आदिवासी जनजातिहरुसँग मिलेर अघि बढ्ने संकल्प गरी राखेको देखिन्छ । यसरी राज्य एक दिन शेर्पा र जनजातिहरुको पहिचान, समावेशी वा समाुनपातिक प्रतिनिधित्वलाई स्वीकार्न ढिलोचाडो करै लाग्नेछ । जब शेर्पा आदिवासीहरुले यस राज्यको विभिन्न निकाय राजनैतिक र प्रशासनीक निकायको समावेशी उपस्थितीले मात्रा मुलुकमा आमूल परिवर्तन आउनेछ र मुलुक समृद्धीमार्फत अघि बढ्नेछ । 
(नेपाल शेर्पा संघको छैठौं महाधिवेशनका लागि प्रकाशित स्मारिकाबाट साभार ।
 

आङछिरिङ शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho