अध्यक्ष शेर्पाको अनुरोध ‘वडाभित्र सवारी साधन प्रवेश रोक्नुस  !’

मिङमार शेर्पा

२०७६ चैत्र २५, मंगलबार


मिङमार शेर्पा
ओखलढुंगा (शेर्पाखबर) ।
यहाँको खिजीदेम्बा ९ पात्लेले वडाभित्र कुनैपनि सवारी साधन सञ्चालन नगर्न उर्दी जारी गरेको छ । मुलुक नै वन्दावन्दीको अवस्थामा रहेको बेला वडाभित्र सवारी साधन सञ्चालन भएको भन्दै तत्काल रोक्ने निर्णय गरेको हो ।
वडा अध्यक्ष आङ पसी शेर्पाद्धारा जारी सूचनामा भनिएको छ ‘वडाभित्र कुनैपनि सवारी साधन सञ्चालन नगर्न व्यहोरा सबैलाई जानकारी नै छ । तथापी, अटेर गरेको पाइयो । उप्रान्त सञ्चालन नगर्नु÷ नगराउनु, गरेमा वडा समितिको निर्णय कार्वाही हुन्छ ।’
वडा समितिको वैठकले वडाभित्र मोटरसाइकल, बलेरो र ट्याक्टर जस्ता सवारी साधनहरु निर्वाद रुपमा सञ्चालन भइरहेको जनगुनासोपछि रोक्ने निर्णय गरेको समेत जनाएको छ । ‘अर्को निर्णय नभएसम्म वडाभित्र कुनैपनि सवारी साधन प्रवेश नगर्न र वडाभित्रै समेत सञ्चालन नगर्न सूचना नै जारी गरेका छौं ।’ वडा सदस्य पेमा रिन्जी शेर्पाले भने ‘विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस वडाभित्र नफैलियोस् भनेर यस्तो निर्णय लिनु परेको हो ।’ 
विभिन्न माध्यमबाट कोरोना संक्रमण हुन सक्नेतर्फ सेचत रहन वडाले स्थानीयलाई आग्रह समेत गरेको छ । थोरै लापरवाहीले ठूलो विपत् सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने भएकाले वडावासीलाई सचेत रहन अध्यक्ष शेर्पाले अनुरोध गरे । 


 


कोरोना भाइरसका कारण मुलुक दुई सातादेखि वन्दावन्दीको अवस्थामा रहेको बेला वडाले गरेको निर्णयले महामारी रोकथाममा थप टेवा पुग्ने विश्वास लिइएको छ । यसअघि कोरोना रोग रोगथाम, नियन्त्रण तथा प्रतिकार्य गर्न गठीत उच्चस्तरीय समितिले एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा आवतजावत गर्न प्रतिबन्ध लगाई सकेको छ । 
खिजीदेम्बा ९ पात्लेमा हालसम्म कोरोनाको लक्षणसँग मिल्ने खाले विरामी भेटिएको भने छैन । वडाको पिके फाप्रे आधारभूत विद्यालयमा लक्षण देखा परेकालाई राख्न क्वारेन्टाईन समेत गाउँपालिकाले निर्माण गरेको गाउँपालिका अध्यक्ष वेद बहादुर रोक्काले जानकारी दिए ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho