नेचा सल्यानमा १७ जनामै भेटिएन ‘कोरोना’

मिङमार सार्की शेर्पा

२०७६ चैत्र २५, मंगलबार


मिङमार सार्की शेर्पा
सोलुखुम्बु (शेर्पाखबर) ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको रोकोरा अर्थात कोभिड १९ को रोकथामका लागि नेतासल्यान गाउँपालिकाले विभिन्न निर्णयहरु गरेको छ । गाउँपालिका विपद् व्यवस्थापन समितिको चैत्र २४ गते बैठक वसी महत्वपूर्ण निर्णयहरु गरेका छन् । 
वैठकले विगत १ महिनाअघि वैदेशिक रोजगारबाट फर्केका १७ जनाहरुमा कोरोनाको लक्षण नदेखिएकोले स्थिति सामान्य रहेको निष्कर्ष निकालेको छ । त्यस्तै, उप्रान्त पालिका प्रवेश गर्ने जोकोहीलाई पनि अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्ने, उनीहरुलाई खाने लगायतका प्रबन्ध गाउँपालिकाले गर्ने निर्णय गरेको जनाएको छ । 
वैठकले खाद्यान्न ढुवानी गर्न सामान विवरण सहित पास अनिवार्य गरेको छ भने सामान आयत भएपछि विवरण अनुसार सुरक्षाकर्मीको रोहबरमा रुजु गर्ने भएको छ । उपत्यका र तराईका जिल्लाबाट पासमार्फत र रातको समयमा पालिकाभित्र भित्रिने क्रम रोक्न सुरक्षा निकायसँग समन्वय गर्ने र आवात जावतलाई कडाई गर्न अनुरोध गर्ने, खाल्पा र चिसापानी नाकामा सुरक्षाकर्मी, स्वास्थकर्मी सहितको थप २ वटा डेस्क स्थापना गर्ने, दैनिक अद्यावधिक विवरण तयार गर्ने निर्णय समेत भएको गाउँपालिका अध्यक्ष डुफकुमार वास्तोलले जानकारी दिए । जसानुसार वैदेशिक आ.अ. हुत्तराज बास्तोला,  औषधि स्वस्थ्य शाखा प्रमुख युवराज शर्मा र राहत स.क.अ.हिमालय दाहाललाई विवरण संकलनको जिम्मेवारी दिने निर्णय गरेको वास्तोलाले जनाए । 
कोरोना भाइरसका कारण मुलुक दुई सातादेखि वन्दावन्दीको अवस्थामा रहेको बेला गाउँपालिकाले गरेको निर्णयले महामारी रोकथाममा थप टेवा पुग्ने विश्वास लिइएको छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho