लोकसेवामा ‘शेर्पा, आदिवासी समुदायको जागरण जरुरी’

नुरु शेर्पा 

२०७६ चैत्र २४, सोमबार


खोटाङ जिल्ला विशेष गरी ‘माझ किरात’को रुपमा परिचित जिल्ला हो । यहाँ बसोबास गर्ने अधिकांस शेर्पा, राई, लिम्बू, गुरुङ र तामाङ जातिहरुको स्थिति हेर्ने हो भने शेर्पा समुदायमा रहेका शेर्पाहरु हिमाल चढ्ने र राई, लिम्बू, गुरुङ, तामाङ  समुदायमा लाहुर जाने चलन यथावत छ । यही चलन प्रथाको रुपमा जरा गाड़ेको तितो यथार्थ रहेको प्रष्ट छ । राई, लिम्बु, गुरुङ, तामाङहरु प्रवेशीकासम्मको अध्ययनपछि सबैभन्दा राम्रा दिमाग र स्वास्थ्य भएका युवाहरू लाहुरे हुन धरान र पोखरा तिर हान्निने गर्छन् भने शेर्पा युवाहरु हिमाल चढ्न र  ट्रेकिङ व्यवसाय तिर दौडधुप गर्छन ।
शेर्पा समुदायमा शेर्पाहरु हिमाल चड्नु नै सर्बश्रेस्ठ पेश हो भन्ने र राई लिम्बू गुरुङ तामाङ समुदायमा राई लिम्बू गुरुङ तामाङहरु  लाहुरे पेशा नै सर्वश्रेस्ठ पेशा हो भन्ने मनसाय स्थापित हुन गएको यथार्थ नै छ कारण यसैले गर्दा शेर्पा समुदाय र राई लिम्बू गुरुङ तामाङ समुदायका  युवा बर्गहरु नेपालको प्रशासन क्षेत्रमा आफ्नो उपस्थिति जनाउन नसकेको होला बन्द अन्यथा नहोला र उपस्थिति पनि एकÞदमै कमजÞोर नै रहेको पाइन्छ ।

तर शेर्पाहरु हिमाल आरोहण गर्न र ट्रेकिङ व्यावसायिमा आबद्ध र राई लिम्बु गुरुङ र तामाङहरु लाहुरेमा आफ्नो अवस्था मजबुतै नै रहेको पाइन्छ त्येसैले होला खोटाङ जिल्लाका आदिवासी समुदायहरुमा लोकसेवाको चर्चा कमै हुने गरिएको तितो यथार्थ छ लोक सेवा बाहेक अन्य व्यापार व्यवसाय र हिमाल जाने र लाहुरे बन्नेको बढ़ी चर्चा हुने गर्दछ शायद एसकै परिणाम हुनु सक्छ ,गाऊँ घरमा हिमाल चड्ने शेर्पाहरु छन लाहुरे भएका राई लिम्बु तामाङ गुरुङहरु  छन तर रास्ट्रसेवक जि,सि,अ,जि,श,श ,राजदूत, सचिब,आइजिपि ,सेनापति भएका ब्यक्तिहरू औलामा गनिने पनि छैन।लोकसेवा भनेको जनताको सेवा गर्नु हो,राष्ट्र  सेवा हो राष्ट्र सेवा गर्ने अवसर करोडौ नागरिक मध्ये केही नागरिकले मात्र अवसर पाउने गर्छन।खोटाङ जिल्लामा रहेको शेर्पा राई लिम्बू गुरुङ तामाङ जातिहरुलाइ लोकसेवामा प्रतिस्पर्धा गरि उम्दा रास्ट्रसेवक ,प्रसासक बन्न सकिने प्रचुर सम्भावना रहेता पनि खासै लोक सेवा प्रतिस्पर्धा गरि राष्ट्र सेवक बन्ने र जनताको सेवा गर्नमा लालायित रुचि नराखिएको देखिन्छ।खोटाङ जिल्लामा आबद्ध विभिन्न संघ संस्थाले समुदायमा लोकसेवा प्रतिको जागरण कार्यक्रमहरु ल्याउनु अहिलेको आवस्यकता देखिन्छ ।लोकसेवा के हो ? भन्ने कूरा आजको युवा बर्गहरुलाइ राम्ररी बुझाऊनु र लोक सेवाको बारेमा सासक्त प्रशिक्षण दिनु र लोकसेवा पास गरेपछिका अवसरको बारेमा राम्रो जानकारी दिई ऊनीहरूलाई उत्प्रेरित गर्नु आजको आवस्यकता देखिन्छ । खोटाङमा रेहेका हरेक सामाजिक संस्थाहरूले (महत्वपूर्ण बिषय लोकसेवा अर्थात प्रशासनिक तथा लोक सेवाको  बहस तथा प्रचार प्रसार न्यून मात्रामा मात्र भएकोले गर्दा आउन्दो दिनहरुमा लोकसेवा अर्थात प्रशासनिक आयामलाई शसक्त रुपमा अगाडी ल्याउनु पर्दछ र राज्यमा आफ्नो जातिको अस्तित्व र पहिचान स्थापित गरौं भन्ने भवनमा लाग्नु पर्ने देखिन्छ ।
(लेखक शेर्पा इभेन्टस् अर्गनाइजरका अध्यक्ष हुन्, प्रस्तुत आलेखलाई सम्पादन नगरी प्रकाशन गरिएको छ ।)
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho