जन्तरखानीमा कोरोना हेल्पडेक्स र होम क्वारेन्टाइन स्थापना

मिङमार शेर्पा

२०७६ चैत्र १९, बुधबार


ओखलढुंगा (शेर्पाखबर) । ओखलढुंगा नौ डाँडा संस्थाले कोरोना संक्रमण रोकथामका लागि सहयता कक्ष (हेल्पडेक्स) र होम क्वारेन्टाइन स्थापना गरेको छ । सिद्धिचरण नगरपालिका वडा नं. ६ जन्तरखानीमा संस्थाद्धारा सञ्चालित दाली शेर्पा मेमोरियल स्वास्थ्य संस्था उक्त व्यवस्था गरेको हो । 
कोरोनाको महामारी कोभिड १९ रोगको रोकथाम, नियन्त्रण र सचेतनातर्फ ध्यानमा हेल्प डेक्स र होम क्वारेन्टाईन स्थापना गरेको कोषाध्यक्ष मिङमार दावा शेर्पाले जानकारी दिए । संस्थाले दुई जना अनमी र अहेबलाई चौविसै घण्टा स्वास्थ्य संस्थामा तैनाथ गरिएको समेत शेर्पाले जनाए । कोरोना रोकथाम र संक्रमण फैलिन नदिन संस्थाले होम क्वारेन्टाइन र सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको संस्थापक अध्यक्ष ङिमा शेर्पाले जानकारी दिए । ‘हामीसँग औषधी र जनशक्ति छ । स्वास्थ्यकर्मीका लागि आवश्यक एएभ्, माक्स र ग्लोब्स (पञ्ज)हरु नगरपालिकामा माग गरेका छौं ।’ इन्चार्ज शारदा श्रेष्ठले भने । 
विदेश तथा वाहिरबाट आएका तर घरमा वसोवासका लागि उपयूक्त स्थान नभएकाहरुलाई लक्षित गर्दै ६ जनासम्म बस्न मिल्ने होम क्वारेन्टाइन समेत संस्थाले स्थापना गरेको छ । 

१) अहेव र अनमि –१÷१ जना रहेको सहयता हेल्प डेक्स स्थापनाः
हेल्प डेक्समा त्यस क्षेत्रमा कोरोनाका लक्षण देखिएकाहरुका लागि परामर्श दिने, ज्वरो जाँच्ने कार्य गर्ने र मिल्दोजुल्दो लक्षण देखा परेमा क्वारेन्टाइनमा वस्नका लागि तोकिएको ठाउँमा रेफर (तुरुन्त पठाउने) व्यवस्था गरिएको छ । 
२. होम क्वारेन्टाइनको व्यवस्था
वाहिरबाट आई आफ्नो घरमा राम्रो वस्ने प्रबन्ध नभएकाहरुलाई लक्षित गरी कम्तीमा ६ जनासम्म अटाउने होम क्वारेन्टाईनको व्यवस्थापन गरिएको छ । उक्त क्वारेन्टाईनमा वस्दा यस मेडिकलको स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्ने व्यवस्था गरिएको छ । 
३, सचेतना अभिवृद्धि कार्यक्रम
स्वास्थ्य संस्था र सेवा क्षेत्रका स्थानीयहरुका साथै भरखरै विदेशबाट आएकाहरुको पहिचान गर्ने, कोरोना रोकथामबारे टोल तथा सेवाग्राहीहरुलाई सचेत गराउन सचेतना कार्यक्रम सञ्चालन सामाजिक दुरी कायम गरी सञ्चालन गर्ने  व्यवस्था गरिएको छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho