सोलुखुम्बुका दुई शेर्पामा भेटिएन ‘कोरोना संक्रमण’

मिङमार सार्की शेर्पा

२०७६ चैत्र १८, मंगलबार



मिङमार सार्की शेर्पा
सोलुखुम्बु (शेर्पाखबर) । केही समयअघि कतार एयरबाट नेपाल आएका सोलुखुम्बुका दुई जनामा कोरोना संक्रमण नभेटिएको हो । कोरोना जाँचका क्रममा उनीहरुमा कोरोना ‘नेगेटिभ’ आएको हो । 
सोलुदुधकुण्ड नगरपालिकाका अध्यक्ष नाम्गेल जाङबु शेर्पाले सामाजिक सञ्जालमार्फत दुबै जनामा कोरोना संक्रमण नभेटिएको भन्दै खुसी व्यक्त गरे । सोलुखुम्बुका पेम्बा शेर्पा र सोनाम छोग्यल शेर्पा केही समय अघि कतारबाट नेपाल आएका थिए । उनीसँगै फ्रान्सबाट आएकी एक १९ बर्षीय य्ुवतीमा कोरोना पोजिटिभ भेटिएपछि उक्त विमानमा नेपाल आएका सबैको कोरोना जाँच गरेका थिए । लामो समय खोजिपछि उक्त विमानबाट आएकाहरु सरकारी निकायको सम्पर्कमा आएका थिए ।  
यसैवीच, नगरप्रमुख शेर्पाले दैनिक मजदुरी गरी जीविकोपार्जन गर्नेहरुको जीवनयापनमा समस्या भएमा सम्पर्क गर्न आह्वान गरेको छ । दैनिक गुजरा टार्न समस्या भएकाहरुले आफूलाई सिधै सम्पर्क गरे नगरपालिकाले रासन लगायतको व्यवस्थापन गर्ने उनले आफ्नो फेसबुकमा उल्लेख गरेका छन् । 


 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho