कोरोना त्रासः खिजीदेम्बा गाउँपालिका भित्र मदिरा सेवन निषेध !

शेरसाङ्गे शेर्पा

२०७६ चैत्र १८, मंगलबार


ओखलढुंगा (शेर्पाखबर) । खिजीदेम्बा गाउँपालिकाका जनप्रतिनिधीहरुले एक महिना बराबरको सुविधा कोरोना रोग नियन्त्रण विपद् कोषमा जम्मा गरेको छ । ८ लाख १० हजार रुपैयाँ विपद् रोकथाम कोषमा जम्मा गर्ने निर्णय गरेको हो । 
कार्यपालिकाको वैठकले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को रोकथाम, प्रतिकार्य र व्यवस्थापन गर्न गाउँपालिकाले समुदायको हितका लागि आवश्यक स्वास्थ्य सामाग्री खरीद गरी वितरण गर्ने निर्णय समेत गरेको प्रमुख कार्यकारी अधिकृत स्ुबास पौडेलले जानकारी दिए । 
गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाको अध्यक्षतामा बसेको बैठकले  कोभिड १९ सूचना स्रम्पर्क इकाई स्थापना गरी दुई जना कर्मचारी नियूत्त mगर्ने, संघ, प्रदेश सरकार तथा स्थानीय संघ संस्थाहरुसँग रोग विरुद्ध जुध्न सहयोग माग गर्ने, स्वास्थ्यसँग सम्वन्धित आवश्यक औषधी तथा उपकरण खरीद गरी स्वास्थ्य संस्थामा नियमित पठाउने निर्णय गरेको छ । 
त्यस्तै, लकडाउनको समय अवधिमा कुनै सामाजिक कार्य गर्न, भिडभाड गर्न, मृत्यु संस्कारमा समेत वडा प्रतिनिधी अनिवार्य उपस्थितीमा सुरक्षा व्यवस्थापन गरी मात्रै गर्ने निर्णय गरेको जनाएको छ । वैठकले गाउँपालिकाभित्र मदिराजन्य वस्तु (जाँडरक्सी, वियर, अल्कोहल) उत्पादन, सेवनमा पूर्ण रुपमा रोक लगाउने र कसैले नियम पालना नगरेमा तत्काल कानून प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho