११ दिनसम्म शेर्पा संघ वन्द !

ङावा शेर्पा

२०७६ चैत्र ९, आईतबार


काठमाडौं (शेर्पाखबर) । विश्वव्यापी रुपमा फैलिँदै आएको कोरोना भाइरसका कारण नेपाल शेर्पा संघको सम्पूर्ण कार्यालय ११ दिनसम्म वन्द हुने भएको छ । संघले विशेष सूचना जारी गरी चैत्र १० देखि २१ गतेसम्म कार्यालय वन्द रहने जनाएको हो । 
संघले जारी सूचनामा संघीय कार्यालय र मातहतका अन्य कार्यालयलाई समेत कार्यालय नखोल्न भनेको छ । ‘संघ, प्रदेश, जिल्ला, स्थानीय तहका तहगत समिति तथा सरोकारवालाहरुलाई हामीले विशेष सूचना नै जारी गरेर कार्यालय नखोल्न र गतिविधि नगर्न भनेका छौं ।’ संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले भने ‘यस विषम परिस्थितीलाई परस्त गर्न हामी सबैले आफ्नो ठाउँबाट भूमिका देखाउनुपर्छ ।’
 
यस अवधीमा संघको कुनै गतिविधि सञ्चालन र सेवा प्रवाह नहुने महासचिव लाक्पा शेर्पाले जानकारी दिए । ‘ संघका सम्पूर्ण पदाधिकारी, तहगत सदस्य, सरोकारवाला महानुभावमा यस महामारीलाई नियन्त्रण गर्न र फैलिन नदिन आफ्नो क्षेत्रमा सूचना संप्रेशन गरी सचेतना जगाउने तर्फ लाग्नु विशेष आग्रह छ ।’ महासचिव शेर्पाले भने । 
संघको केन्द्रीय कार्यालय नारायणटारमा छ । कार्यालयबाट आदिवासी प्रमाणित सिफारिस, अन्य विभिन्न वैठक, कार्यक्रम, परिपत्र लगायतको काम हुँदै आएको थियो । संघको केन्द्रीय कार्यालयमा विद्यार्थी, कलाकार, युवा लगायतको कार्यालय समेत रहेकाले ती कार्यालयहरु समेत बन्द रहने जनाएको छ ।
नेपाल सरकार उपप्रधानमन्त्रीको संयोजकत्वमा गठित ऋइख्क्ष्म्(ज्ञढ संक्रमण, रोकथाम तथा नियन्त्रण समन्वय समितिले २०७६ चैत्र ३० गतेसम्म कुनैपनि औपचारिक कार्यक्रम नगर्न, २५ जना भन्दा बढी जम्मा नहुन, अत्यावश्यक काममा वाहेक घर वाहिर ननिस्कन भन्ने लगायत निर्णय गरेको र प्रधानमन्त्री केपी शर्मा ओलीको चैत्र ७ गतेको वक्तव्यबाट अत्यावश्यक सेवा वाहेकका कार्यालयहरु वन्द राख्ने घोषणा गरेका थिए । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho