‘कोरानाबाट बच्न’ शेर्पा संघको यस्तो अपिल
ङावा शेर्पा
२०७६ चैत्र ८, शनिबार

काठमाडौं (शेर्पाखबर) । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाबाट बच्न शेर्पा संघले अपिल गरेको छ । संघले एक अपिल जारी गर्दै ‘आफू बच्न र अरुलाई पनि बचाउन’ भनेको हो ।
विषम परिस्थितीमा हामी सबैले आ–आफ्नो ठाउँबाट संकटलाई न्यूनिकरण गरी निर्मूलिकरण गर्न भूमिका महत्वपूर्ण रहने भएकाले सदस्यहरुलाई क्रियाशिल रहन समेत अनुरोध गरेको महासचिव लाक्पा शेर्पाले जानकारी दिए ।

सेल्फ क्वारेन्टाइन भनेको के हो र कसरी बस्ने ?
– हावा प्रशस्त चल्ने कोठामा एक्लै बस्ने ।
– आफूले प्रयोग गरेको र गर्ने सामग्री अरूलाई छुन र प्रयोग गर्न नदिने ।
– अरू मानिसबाट कम्तीमा एक मिटर टाढा बस्ने ।
– कसैको सहायता चाहिए एक जना स्वस्थ सदस्यसँग मात्रै सम्पर्क गर्ने र त्यस्ता व्यक्तिले पनि अरू सदस्यसँग सम्पर्क नगर्ने ।
– घरमा आवातजावत कम गरी फोन वा सामाजिक सञ्जालमार्फत् मात्र भेटघाट गर्ने ।
– शौचालय प्रयोग गरिसकेपछि राम्रोसँग ‘डिसइफेक्टेन्ट’ निर्मलीकरण सामग्रीले सफा गर्ने ।
– मास्क लगाउने र लगाइसकेका मास्कलाई जथाभाबी नफाल्ने ।
– रुघाखोकी लागे र ज्वरो आए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने ।
सामान्य रुघाखोकी र कोभिड–१९ मा के फरक ?
– सामान्यतः सामान्य रुघाखोकी र कोरोनाका लक्षणमा धेरै अन्तर छैन तर कोरोना संक्रमण भएका मानिसलाई रुघाभन्दा बढी सुक्खा खोकी लाग्छ । १०२ डिग्री भन्दा बढी ज्वरो आउँछ र सास फेर्न समस्या हुन्छ ।
– रुघाखोकीले बालबालिका, गर्भवती, वृद्धवृद्धा तथा पहिल्यैदेखि स्वास्थ्य समस्या भोगरिहेकालाई बढी असर गर्छ । बालबालिका तथा गर्भवतीलाई धेरै असर गरेको देखिँदैन ।
यसबाट जोगिन के गर्ने, के नगर्ने ?
– अत्यावश्यक काम पर्दाबाहेक घरबाट बाहिर ननिस्किने ।
– भीडभाडमा सकेसम्म नजाने, भेट्ने मानिससँग हात नमिलाउने र कम्तीमा पनि एक मिटर टाढा बस्ने ।
– समय समयमा साबुन पानीले मिचीमिची हात धुने । हात धुन सम्भव नभए ७० प्रतिशतभन्दा बढी एल्कोहल भएको सेनिटाइजर हातमा राम्रोसँग दल्ने ।
– सामान्य रुघाखोकी लागेको पुष्टि भएका बिरामीबाट पनि टाढै बस्ने ।
– ६० वर्ष पुगेका वा श्वासप्रश्वास, मुटुरोग, मधुमेह (चिनी रोग), उच्च रक्तचाप भएका मानिस सबैभन्दा बढी होसियार रहने ।
कोरोना भाइरस कसरी फैलिन्छ ?
– संक्रमित व्यक्ति ‘हाछ्यूँ’ गर्दा वा खोक्दा ।
– संक्रमित ब्यक्तिको हात वा स्वास हुँदै घरका ढोकाको हेण्डिल, बिजुलीको स्विच, बटन, स्कुल, होटेल वा क्याफेका भाँडा, खाट, टेबुललगायतमा अवतरण गर्छ । यी कुराहरु छोएमा भाइरस सर्न सक्छ ।
लक्षणहरु
– सुख्खा खोकी लाग्नु, श्वास फेर्न गाह्रो हुनु, टाउको र घाँटी दुख्नु ।
– १०२ डिग्री भन्दा बढी ज्वरो आउँनु ।
कोरोना भाइरस कहाँ कति समय बाँच्छ ?
– घाम लाग्ने कोठा वा पारिलो जमिनमा ज्यादै कम फैलिन्छ ।
– सूर्यबाट आउने अल्ट्राभ्वाइलेट किरणमा यो भाइरस निस्क्रिय हुने र सुर्यको किरणले भाइरस नष्ट गर्छ ।
– चिसो, कडा, फलामे र ढुंगे सतहमा भाइरसको लामो समय बाँच्न सक्छ ।
– तामा लगायतका धातुहरुबाट बनेका भाँडामा भाइरस लामो समय बाँच्न सक्दैन ।
– ८६ डिग्री फरेनहाइट भन्दा माथि तापक्रममा लामो निष्कृय हुन्छ ।
रोकथामको उपायहरु
– शंकास्पद दुषित सतह छुएपछि कम्तीमा २० सेकेण्डसम्म राम्ररी हात धुने ।
– खोकी लाग्दा डिस्पोज गर्न मिल्ने ‘टिस्यू’ पेपर वा माक्सको प्रयोग गर्ने ।
– एउटा माक्सलाई एक दिन मात्रै प्रयोग गर्ने ।
– पेन, माउस, डिजिटल उपकरण लगायतका व्यक्तिगत सामान चलाउन नदिने ।
– आफ्नै आँखा, कान, मुख नछुने ।
– संभव भएसम्म धेरै मानिस भेला भएको सभा सम्मेलनमा नजाने ।
– विरामी हुने वित्तिकै स्वस्थ्य सल्लाह लिने, भाइरसका लक्षण देखिए तत्काल चिकित्सकलाई देखाउने ।
– स्प्रिटले हात धुने ।
– घरका रेलिङ, कुर्ची, टेबुल, ह्याण्डिल बिजुलीका स्विचलाई अल्कोहल वेश रसायनले नियमित पुछ्ने ।
– एमोनिया वा स्प्रिटले नियमित हात धुने वा पुछ्ने ९ब्अियजय(िदबकभम धष्उभ, लयत दबदथ धष्उभक०
– स्मार्टफोनलाई अल्कोहल बेस रसायनले नियमित सफा गर्ने ।
– ज्वरो आएको, सुक्खा खोकी लागेको र सास फेर्न गाह्रो भएको छ भने स्वास्थ्य संस्थामा जचाउने ।
– कुनै शंका लागेमा सरुवा रोग नियन्त्रण महाशाखा (इपिडिमियोलोजि) को टोलफ्रि नं. १११५ नम्बरमा फोन गर्ने ।
– टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल जाने वा नजिकको स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग सम्पर्क राख्ने ।
संघका सदस्यहरुलाई विशेष अनुरोध,
१. यस महामारीले समाजलाई त्राहिमाम बनाइरहेको यस सन्दर्भमा तथ्यहिन, भ्रामक सूचना, समाचार, सन्देशहरु ‘शेयर’ र प्रचारप्रसार नगर्ने ।
२. आफ्नो गाउँ, टोल, छरछिमेकमा एक जिम्मेवार व्यक्तिको रुपमा प्रस्तुत भई सचेतना जगाउने, रोगबाट बच्ने र बचाउने उपायहरुका बारेमा सुझाउने ।
थुचिछे !
लाक्पा शेर्पा गेल्जे लामा शेर्पा
महासचिव अध्यक्ष
नेपाल शेर्पा संघ, संघीय (केन्द्रीय) कार्यसमिति, काठमाडौं
सम्पर्कः ०१–४९११४८०