थोलेदेम्बा शेर्पा किदुगको लोसार भव्य

आङ फूर्वा शेर्पा

२०७६ फाल्गुन २९, विहिबार


संग्रहित तस्वीर

आङ फूर्वा शेर्पा
काठमाडौं (शेर्पाखबर) ।
थोलेदेम्बा शेर्पा किदुग, काठमाडौंको लोसार कार्यक्रम सम्पन्न भएको छ । च्याक फो चिवा ल्हो २१४७ राष्ट्रिय ग्याल्पो लोसार ‘नयाँ बर्ष’ को अवसरमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम आयोजना गरिएको हो । 
कार्यक्रममा ओखलढुंगा, रामेछाप, सोलुखुम्बु, भोजपुर, संखुवासभा, ताप्लेजुङ लगायतका जिल्लाका शेर्पा र गैर शेर्पा समुदायको वाक्लो उपस्थिती थियो । कार्यक्रममा शुभकामना आदानप्रदानका साथमा लोसारका बारेमा प्रवचन समेत श्रावण गरे । कार्यक्रममा सस्थालाई सहयोग गर्ने विभिन्न महानुभावहरुलाई सम्मान गरेको अध्यक्ष देण्डी शेर्पाले जनाए । त्यस्तै, आजिवन, संरक्षक सदस्यहरुलाई समेत प्रमाण पत्र प्रदान गरे । 

 

कार्यक्रममा चर्चित गायक गम्बु शेर्पा, दावा के शेर्पा लगायतले सांगितिक प्रस्तुती दिएर सहभागिलाई मनोरञ्जन दिलाए । त्यस्तै, किदुगका कलाकार समूहले स्याब्रु, सिली नृत्य लगायत प्रस्तुत गरे । अन्य कलाकारहरुले समेत नृत्य प्रस्तुत गरे । 


ओखलढुंगा जिल्लाको रावादोलु, भूसिंगा, खिजीफलाटे, विलन्दु, श्रीचौर, रगनी, चण्डेश्वरी, खिजीकाति, पात्ले, जन्तरखानी, पोकली लगायतका क्षेत्रबाट काठमाडौं आइ बसोवास गर्ने शेर्पाहरुलाई एकिकृत गर्ने हेतुले किदुग गठन भएको थियो । समुदायलाई सुखदुःखमा सहयोग गर्ने, सामाजिक उत्तरदायित्वसहित क्रियाशिल हुने हेतुले किदुग (संस्था) स्थापना भएको संस्थाका तेण्डी शेर्पाले बताए ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho