शेर्पा संघ ओखलढुंगालाई निःशुल्क जग्गा प्रदान

दावा शेर्पा

२०७६ फाल्गुन २८, बुधबार


ओखलढुंगा (शेर्पाखबर) । नेपाल शेर्पा संघ, ओखलढुंगाको भवन निर्माणका लागि यहाँ निःशुल्क जग्गा प्राप्त भएको छ । खिजीदेम्बा ५ खिजीफलाटे नजिक संघका लागि १ रोपनी जग्गा निःशुल्क प्राप्त भएको हो । 
स्थानीय पासाङ ङिमा शेर्पा र प्रेम तामाङले ८–८ आना जग्गा संयूक्त रुपमा संघलाई प्रदान गर्ने घोषणा गरेको सचिव शेरसाङ्गे शेर्पाले जानकारी दिए । करीब १६ लाख मूल्य बराबरको जग्गा यहाँ आयोजित प्रदेशस्तरीय लोसार कार्यक्रमकावीच दाताहरुले दान गर्ने घोषणा गरेसँगै सोही कार्यक्रमलाई उनीहरुलाई सम्मान समेत गरे ।
छिट्टै प्रक्रियापूरा गरी जग्गा संघको नाममा रजिष्ट्रेशन पारित गर्ने र सहयोग जुटाई कार्यालय भवन निर्माणको प्रक्रिया समेत अघि बढाउने जिल्ला अध्यक्ष पेम्बा शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । आयोजित कार्यक्रममा केन्द्रीय (संघीय) अध्यक्ष गेल्जे लामा शेर्पाले दाताहरुलाई सम्मानपत्र प्रदान गरे । 
 

दावा शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho