शेर्पा किदुग युएईको शान, शेर्पा भाषा, कला र संस्कृतिको पहिचान’

२०७६ फाल्गुन २८, बुधबार


शेर्पा किदुग यूएईले ‘शेर्पा किदुग युएईको शान, शेर्पा भाषा, कला र संस्कृतिको पहिचान’ भन्ने नाराका ग्याल्पो ल्होसार २१४७ औं ग्याल्पो लोसार मनाएका छन् ।

किदुगले शुक्रबार बरदुबइस्थित अस्टोरिया होटेलमा ‘च्याक् फो चिवा ल्हो’ मुसा वर्गको शुभकामना आदानप्रदान तथा ल्होसार साँझ-२०२० कार्यक्रम गरी ल्होसार मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष महेश मोक्तानले प्रवासमा समेत शेर्पाहरू एकीकृत भई आफ्ना चाडपर्वलाई संरक्षण तथा सम्बर्द्धन गरेकोमा धन्यवाद दिए । उनले थपे,’ नेपाल सरकारले आदिवासीहरुको चाडपर्वमा दिदै आएको बिदा कटौती गरेर पुनः राणाकालीन अवस्थाको झल्को दिएको छ ।’

विशेष अतिथि नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकालले नेपाल सरकारले विभिन्न जातजातिका चाडपर्वमा बिदा नदिएकोमा आपत्ति जनाए । उनले थपे,’ आफ्ना अस्तित्व वा पहिचान जोगाउन आफै लाग्नुपर्छ, र आजैबाट लड्न सुरु गर्नुस् हाम्रो एक्यवद्धता छ’ । ‘ सम्पूर्ण जातजाति, भाषाभाषी र धर्मसंस्कृतिलाई संरक्षण एवं सम्बर्द्धनका लागि नेपाली समाज युएई कटिबद्ध छौ,’ उनले भने ।

शेर्पा किदुग युएईका प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष पासाङ शेर्पाले जातीय संस्थाहरू गरेका कार्यक्रमहरू नेपालीकै कार्यक्रम भएको बताए । उनले थपे-‘ बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक भएका देशका नागरिक हामी सबै एक हुनुपर्छ ।’


कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घका सल्लाहकार डेर राज गुरुङ, एनआरएनका अध्यक्ष प्रकाश कोइराला, तामाङ समाजका उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ, तमु समाजका अध्यक्ष उषा गुरुङ, नेवा पुचह युएईका अध्यक्ष लक्ष्मण श्रेष्ठ, नेपाल मगर सङ्घका रीता राना मगर, किराँत राई यायोक्खा शाखाका अध्यक्ष चन्द्रकला साम्पाङ राई, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका अध्यक्ष राम तामाङ, जनप्रगतिशील कलाकार समूहका अध्यक्ष नविन दोङ तामाङ, मिस्टर इण्डिजिनियस-२०१९ युएईका पदम खालिङ राई, नमस्ते ट्राभल एण्ड टुरिजम बरदुबईका सञ्चालक एकेन्द्र थापा, पिपल टुर एण्ड ट्राभल्सका सञ्चालक बाबुराम लोप्चन लामा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू उपस्थितिरहेका थिए ।

कार्यक्रमका मुख्य आकर्षकको रुपमा नेपालबाट आमन्त्रित गायक एपी शेर्पाले आफ्ना दम्दार प्रस्तुति दिएर दर्शकलाई भरपुर मनोरञ्जन दिए । त्यस्तै अर्का आमन्त्रित गायक गोम्पो शेर्पाका प्रस्तुतिले कार्यक्रमको माहोल तातेको थिए ।

यहा कार्यरत कलाकारहरू दिपक गुरुङ, दिव्या सुब्बा, आङ गेलु शेर्पा, प्रवेग दोङ तामाङ, कल्पना शेर्पा, निमा ल्हामु शेर्पा, दावा फुटी शेर्पा, रिञ्जी पासाङ शेर्पा, छिरिङ शेर्पा, उषा लामा र ऋतु सुनुवार लगायतले बेजोड प्रस्तुति राखेका थिए ।

प्रवासमा आफ्ना धर्मसंस्कृतिलाई संरक्षण एवं प्रवर्द्धन गरी जातीय मौलिकता झल्काउने ल्होसार कार्यक्रमका सभापति किदुगका अध्यक्ष निमा शेर्पा रहेका थिए ।

शेर्पा किदुगद्वारा आयोजित कार्यक्रमलाई नेपाली गोल्ड एण्ड ज्वेलरी बरदुबइ र नशा नेपाली लाइभ दोहोरी साँझले प्रायोजना गरेका थिए ।

@sailungonlin

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho