शेर्पा संघको अनुरोध ‘ल्होसार, सभा बन्द गर्नुस् !’

ङावा शेर्पा

२०७६ फाल्गुन २७, मंगलबार


काठमार्डाैं (शेर्पाखबर) । नेपाल शेर्पा संघले सार्वजनिक ठाउँमा भेला हुने जस्ता क्रियाकलाप नगर्न अनुरोध गरेको छ । नोवेल कोरोना भाइरसको त्रास फैलिरहेको बेला संघले विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
‘लोसार, भेला, पाटी, सभा लगायतका कार्यक्रम नगर्न नगराउन अनुरोध गर्दछ ।’ अध्यक्ष गेल्जे लामा शेर्पाद्धारा जारी विज्ञप्तिमा भनिएको छ । कोरोना भाइरसको सन्त्रास फैलिरहेको बेला हामी सबै सजग हुर्ने विज्ञप्तिमा उल्लेख छ । सरकारले सार्वजनिक सूचना जारी गर्दै विद्यालय वन्द गर्ने, सार्वजनिक स्थलमा भीड नगर्ने, हात नमिलाउने, भेला, सभा, सम्मेलन स्थगित गर्न यसअघि नै सूचित गरिसकेको छ । त्यही सूचनाको आधारमा संघले पनि समुदायलाई सचेत रहन अनुरोध गरेको अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए । 
संघले कुनै कार्यक्रमहरुमा सहभागि नहुन आफू मातहातका प्रदेश, जिल्ला, गाउँ तहका संगठन र भातृसंस्थालाई समेत अनुरोध गरेको जनाएको छ । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताएको उल्लेख गर्दै संघले समयमै सजग रही महामारिबाट जोगिन अनुरोध गरेको छ । 
यसैवीच रामेछाप शेर्पा किदुगले बार्षिक रुपमा आयोजना गर्दै आएको लोसार कार्यक्रम स्थागित गरेको छ । पछिल्लो समय फैलिएको सन्त्रासलाई कारण देखाउँदै कार्यक्रम स्थगित गरेको संस्थाद्धारा जारी सूचनामा उल्लेख छ । लोसार शुभकामना आदानप्रदान र चियापानका लागि यसअघि खरीद गरेको टिकट भने सुरक्षित राख्न किदुगको अनुरोध छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho