तोलका टुल्कुको प्रमुख आतिथ्यतामा जन्तरखानी लोसार 

शेरी शेर्पा

२०७६ फाल्गुन २५, आईतबार


काठमाडौं (शेर्पाखबर) । जन्तरखानी किदुगको आयोजनामा वृहत्त लोसार शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम सम्पन्न भएको छ । शेर्पा समुदायको प्रसिद्ध औतारी लामा गुरु तोलका टुल्कु रिन्पोछेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 
राजधानीको शेर्पा पार्टी भेन्यूमा भएको कार्यक्रममा प्रतिनिधी सभाका सदस्य यज्ञराज सुनुवारले ओखलढुंगाका विकास निर्माणका कुरा सो अवसरमा सुनाए । संविधान सभाका सदस्य रामहरि खतिवडाले शेर्पाले नै विश्वमा नेपाललाई चिनाएको भन्दै प्रशंसा गरे । अर्को, सभासद् आङ दावा शेर्पाले शेर्पाहरुको पहिचान र राजनैतिक अधिकारका बारेमा बोले । 
नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पाले शेर्पा समुदायको वृत्तिविकास र पहुँच बृद्धिका लागि किदुगहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै खुसी व्यक्त गरे ।
विभिन्न सांस्कृतिक प्रस्तुतीका साथमा आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको संस्थापक अध्यक्ष फुला शेर्पाले जानकारी दिए । 
सोही अवसरमा आजिवन, संरक्षक सदस्य र लावाहरुलाई सम्मान समेत गरेको थियो । कार्यक्रमकै अवसरमा आगामी बर्षको लागि लोसार लावा चयन समेत भएको जनाएको छ । 
जन्तरखानी किदुग ओखलढुंगाको साविक जन्तरखानी गाविसमा बसोवास गर्ने  शेर्पाहरुलाई केन्द्रभागमा राखेर गठन गरेको संस्था हो । संस्थाले सामाजिक संस्कार, जन्म, विवाह, मृत्यु आदि कार्यमा समुदायलाई सहयोग गर्ने र एकात्रित गरि अघि बढाउने कार्य गरीरहेको अध्यक्ष पेम्बा शेर्पाले जनाए । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho