बाह्रविसेमा ग्याल्पो लोसार 

पासाङ शेर्पा ‘छेल्हमु’

२०७६ फाल्गुन २३, शुक्रबार


पासाङ शेर्पा ‘छेल्हमु’
सिन्धुपाल्चोक (शेर्पाखबर) । नेपाल शेर्पा संघ बाह्रविसे नगरसमितिको आयोजनामा लोसार कार्यक्रम सम्पन्न भएको छ । च्याक फो चिवा ल्हो २१४७ को अवसरमा शुभकामना आदनप्रदानका साथमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । 
‘हाम्रो संस्कृति, हाम्रो पहिचान यसलाई जगेर्ना गर्ने हाम्रो अभियान र शेर्पा समुदायको भेषभूषा, भाषा र संस्कृतिको विकास आजको आवश्यकता’ भन्ने आर्दशका साथ भएको कार्यक्रम बाह्रविसे नगरपालिकाका प्रमुख निमा फिन्जो शेर्पा प्रमुख आतिथ्यतामा भएको थियो । त्यस्तै, खेन्पो निमा शेर्पा र नेपाल शेर्पा संघका बरिष्ठ उपाध्यक्ष ङावाङ सोनाम शेर्पा विशिष्ठ अतिथि रहेको कार्यक्रममा शेर्पा समुदायका कलाकारहरुको श्याब्रु प्रस्तुती रहेको थियो ।

त्यस्तै,  डोल्मा ह्योल्मो, गोन्पो शेर्पा, तेम्बो लामा लगायतले सांस्कृतिक प्रस्तुती रहेको कार्यक्रममा मिस मंगोल २०१८ विजेता जाङमु इन शेर्पाले सञ्चालन गरेकी थिइन् । 
डिजे ङावाङको डिजेइङमा बाह्रविसेवासीहरुले भरपूर मनोरञ्जन लिएको कार्यक्रमले शेर्पा समुदायको संस्कार, परम्परागत मान्यतालाई स्थापित गर्दै प्रबद्र्धन र सम्बद्र्धनमा विशेष टेवा पुगेको जनाएको छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho