भाषा नजान्नेलाई वाईवाई भन्नुस्ः आङ काजी शेर्पा 

शेरी शेर्पा

२०७६ फाल्गुन २१, बुधबार


ओखलढुंगा (शेर्पाखबर) । आदिवासीको भाषिक ज्ञान नभएकालाई आगामी निर्वाचनमा मतदान नगर्न आदिवासी अधिकार अभियान्त आङकाजी शेर्पाले आह्वान गरेको छ । २१४७ ग्याल्पो लोसारको अवसरमा यहाँको खिजीदेम्बामा आयोजित प्रदेशस्तरीय कार्यक्रममा शेर्पाले यस्तो आह्वान गरेको हो । 
 

नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेको समाजवादी पार्टीका केन्द्रीय सदस्य शेर्पाले आदिवासीको नाममा राजनीति गर्ने तर पहिचान स्थापित हुन नदिने तर्फ इंगित गर्दै भने ‘हाम्रै ढाड टाउकोमा टेकेर राज्यको उच्च ओहोदामा पुगेकाहरु हाम्रो पहिचान नामेट पार्न क्रियाशिल छन् । अबको चुनावमा भाषा बोल्नेलाई मात्रै भोट दिनुहोस् । अन्यथा फेरि पछुताउनुपर्ने हुन्छ ।’
आदिवासीहरुमा राजनैतिक चेतनाको कमीले पछि परेको उल्लेख गर्दे शेर्पाले अब राजनीतिक अधिकार प्राप्तिका खातिर चेतनाको विकास र क्रियाशिलतासँगसँगै हुनुपर्नेमा जोड दिए । ‘अधिकारका लागि राजनैतिक ज्ञान जरुरी छ । हामी राजनीतिक ज्ञान लिन पछि पर्छौं । यसो हुनु भनेको दास्वत्व स्वीकार्नु हो ।’ उनले भने ‘राज्यमा विभेदकारी नीति व्यवस्थाहरु यथावत छ । हामी टुलुटुलु हेरे बसेका छौं । यसो हुनुभनेको दासी हुनुजस्तै हो ।’
अर्को प्रशंगमा नेता शेर्पाले पृथ्वी नारायण शाहले एकिकरणको नाममा एकात्मक व्यवस्थालाई संस्थागत गरेको भन्दै त्यो एकिकरण नभएर

हस्ताक्षेप भएको समेत आरोप लगाए । त्यस्तै, राजमार्ग, शहर र गुफाहरुको नाम व्यक्ति र शासकहरुको नाममा हुँदा कसैलाई आपती नभएको तर यहाँका आदिवासी समुदायले आफ्नो पहिचान र सभ्यताको लागि राज्यको नामाकरण माग गर्दा तिरस्कार सहनुपरेको भन्दै आक्रोस पोखे । 
संघ, प्रदेश र स्थानीय तहको सरकार अहिलेपनि पहिचानको खिलापमै चलीरहेको उल्लेख गर्दै नेता शेर्पाले भने ‘स्थानीय तहहरुमा जातीय वाहुलियताको आधारमा स्वायत्त घोषणा गर्नुपर्दछ । गाउँ तथा नगरपालिका क्षेत्रमा जुन समुदायको वाहुल्यता छ उही समुदायको लिपी प्रशासनिक कार्यका लागि प्रयोगमा ल्याइनुपर्दछ ।’
 

फरक प्रसंगमा नेता शेर्पाले भाषाको ज्ञानको अभावले ठूलो दुर्घटना निम्त्याउने भएकाले प्रत्येक स्थानीय तह तथा सरकारी कार्यालयमा स्थानीय आदिवासीहरुको भाषिक ज्ञान भएको व्यक्ति नियूक्त गर्ने व्यवस्था हुनुपर्ने सुझाए । त्यस्तै, आदिवासीको वाहुल्य रहेको क्षेत्रमा सार्वजनिक महत्वका सूचना तथा जानकारी मातृभाषामा प्रकाशन भएमा सूचना प्राप्त गर्न र आदानप्रदानमा सहज हुने भएकाले त्यसतर्फ ध्यान दिन स्थानीय सरकारका प्रमुखहरुलाई सुझाए । 
नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति ओखलढुंगाले आयोजना गरेको लोसार कार्यक्रममा संघका संघका संघीय अध्यक्ष गेल्जे लामा शेर्पाको अध्यक्षतामा खिजीदेम्बाको प्रशासनीक केन्द्र खिजीफलाटेमा आयोजना भएको थियो । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho