शेर्पा प्रदेश स्थापना भएरै छाड्छः अध्यक्ष शेर्पा 

मिङमार शेर्पा

२०७६ फाल्गुन २१, बुधबार


ओखलढुंगा (शेर्पाखबर) । नेपाल शेर्पा संघको संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले जातीय पहिचानको आधारमा राज्यको नामाकरण भएरै छाड्ने दाबी गरे । संघको ओखलढुंगा जिल्ला कार्यसमितिले आयोजना गरेको लोसार विशेष कार्यक्रममा अध्यक्ष शेर्पाले शेर्पा प्रदेश स्थापना भएरै छाड्ने दाबी गरे ।

च्याकफो चिवा ल्हो २१४७ औं राष्ट्रिय ग्याल्पो लोसारको अवसरमा आयोजित लोसार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बौल्दै अध्यक्ष शेर्पाले भने ‘हामी अहिलेपनि पहिचान नामकरणसहितको १४ प्रदेशको पक्षमा निरन्तर संघर्षरत छौं । हामीलाई विश्वास छ, एक दिन अवश्य पहिचानसहितको राज्य स्थापना हुनेछ ।’ लोकमा असंभव भन्ने केही नभएको उल्लेख गर्दै अध्यक्ष शेर्पाले थपे ‘हिजो पञ्चायत ढल्दा, राजा फाल्दा हामीलाई पत्यार लागेको थिएन तर सजिलै त्यो व्यवस्थालाई हटायौं । धेरैसमयपनि लागेन  । अस्त्र, सस्त्र भएको राजाले लुसुक्क राजदरबार त्यागेर जानुपर्यो । भोली जातीय स्वायत्त प्रदेश पनि त्यसरी नै स्थापित भएरै छाड्नेछ । त्यसका लागि हामी तयार रहनुपर्छ ।’
अर्को प्रसंगमा अध्यक्ष शेर्पाले नेपालमा शेर्पाको जनसंख्या ५ लाख हाराहारिमा भएपनि राज्यले १ लाख २० हजार मात्रै प्रस्तुत गर्नु मिथ्याङ भएको दाबी गर्दै भने ‘अब जनगणनापनि नजिक आइसकेको छ । हामी सबैले आफ्नो जात, थर र धर्म प्रष्टसँग टिपाऔं । कसैको थर मात्रै लेख्ने गरेको छ भनेपनि जात टिपाउन नविसौं ।’
 

शेर्पालाई विश्वले चिनेको तर नेपालमा नचिनेको प्रति दुःख व्यक्त गर्दै अध्यक्ष शेर्पाले भने ‘हामी आफ्नै देशमा गुमनाम छौं । हामीलाई विश्वले चिन्यो तर नेपालको शासनपद्धतीले चिनेन ।’ उनले अघि थपे हामी हाम्रो पहिचान र अधिकारका लागि जबसम्म सशक्त रुपमा उत्रन सक्दैनौं तबसम्म राज्यलाई हामीलाई चिन्ने छैन ।
त्यस्तै, अध्यक्ष शेर्पाले शेर्पा संघकाले शेर्पाहरुलाई एकिकृत गर्दै राजनैतिक,सांस्कृतिक अधिकार प्राप्तीका लागि गाउँ टोलसम्म अभियान सञ्चालन गर्ने गरी कार्यक्रम अघि बढाएको बताए । उनले भाषा, धर्म, कला, संस्कृतिको रक्षा गर्दै संस्कार, संस्कृतिको संरक्षण र निरन्तर विकासका लागि सबै क्रियाशिल हुनुपर्ने र जागरणसम्वन्धि अभियानमा सरिक हुन आह्वान गरे । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho