ल्होसारको अवसरमा शेर्पा संघमा शुभकामना 

शेर्पाखबर

२०७६ फाल्गुन ८, विहिबार


काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघ संघीय कार्यसमितिले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । नयाँ बर्ष २१४७ चिवा ल्होको अवसरमा संघीय कार्यालय नारायणटारमा कार्यक्रम आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा नेपाल शेर्पा संघका पदाधिकारी, पूर्वपदाधिकारी, पूर्व मन्त्री, राजदूत, सांसदहरुको सहभागितामा भएको महासचिव लाक्पा शेर्पाले जानकारी दिए । त्यस्तै, सुनुवार, गुरुङ लगायत जातिय संस्थाका प्रमुख तथा प्रतिनिधीहरु सहभागि भए । 
फरक शैलीमा भएको कार्यक्रमलाई अनौपचारिक भनिएको थियो । कार्यक्रममा शेर्पा संस्कृति र श्याब्रु नृत्य प्रदर्शन गरे । त्यस्तै, डयासिल, सुच्य, खप्से खाने र शुभकामना आदानप्रदान गर्ने कार्य भएको र कार्यालय अवालोन समेत गरेको अध्यक्ष गेल्जे लामा शेर्पाले बताए ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho