नेपाल शेर्पा संघको ‘लोसार कार्यक्रम ८ गते’

मिङमार सार्की शेर्पा

२०७६ फाल्गुन ५, सोमबार


मिङमार सार्की शेर्पा
 काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघ संघीय (केन्द्रीय) कार्यसमितिले लोसार शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । फागुन ८ गते संघको संघीय कार्यालय नारायणटारमा एक कार्यक्रम आयोजना गरी शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गर्न लागेको हो । 
च्याक फो चिवा ल्हो २१४७ ग्याल्पो लोसारको अवसरमा आयोजना हुने कार्यक्रममा शेर्पा समुदाय, विभिन्न जातजातिको जातीय संगठनका प्रतिनिधीहरुको उपस्थिती रहने महासचिव लाक्पा शेर्पाले जानकारी दिए । 
यसपटकको कार्यक्रम फरक शैलीमा हुने बताउँदै महासचिव शेपर्’ाले भने ‘खाप्से, ड्यासील र सुच्या खुवाउँदै शुभकामना आदनप्रदान गर्ने हो । बोल्ने कार्यक्रम छैन ।’ महासचिव शेर्पाले थपे ‘सबैलाई संघको कार्यालयको अवलोकन गराउने र लोसार बारे बुझाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेका हौं ।’
लोसारको अवसरमा शेर्पा संघको प्रतिक चिन्ह अंकित म्वाक (चिया पिउने कप) विक्रीवितरण र उपहार दिने समेत कार्यक्रम रहेको छ । मायाको चिनोको रुपमा कप वितरण गर्दैछौं, विक्री समेत हुने अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए । आपसी भाइचारा, सद्भाव र सहिष्णुतासहित आपसमा खुसीयाली साटासाट गर्न कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष शेर्पाले बताए । कार्यक्रममा सहभागि हुन संघले सम्पूर्णमा अपिल समेत गरेको  छ ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho