‘टुरिष्ट हब’ बन्दै सोलुदुधकुण्ड नगरपालिका

पासाङ शेर्पा ‘छेल्हमु’

२०७६ माघ २१, मंगलबार


काठमाडौं (शेर्पाखबर) । सोलुखुम्बु जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डलाई देशकै प्रमुख पर्यटकीय नगरीका रुपमा स्थापित गर्न छलफल भएको छ । नगरक्षेत्रलाई पर्यटकीय हबको रुपमा विकास गर्न राजधानीमा आयोजित एक भेलामा सोलुखुम्बुवासी तत्पर देखिएका हुन् । 
नगरपालिकाको नगर पर्यटन समितिको आयोजनामा राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा नगर आसपासका पर्यटन व्यवसायी, राजनीतिक दलका सदस्य, पर्यटनविद्, व्यवसायी, स्थानीय बुद्धिजीवि लगायत सहभागि सोलदुधकुण्ड नगरपालिकालाई पर्यटकीय नगरी बनाउने विषयमा एकमत देखिए । प्रचुर पर्यटकीय सम्भावना भएको जिल्लाको तल्लो भेगमा पर्ने नगरपालिकालाई कसरी व्यवस्थित र पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिन्छ भन्ने विषयमा उनीहरुले छलफल गरे । सरकारले घोषणा गरेको भ्रमण वर्षकै सेरोफेरोमा जिल्लाको एकमात्र नगरपालिकालाई पर्यटकीय नगरीको रुपमा स्थापित गर्ने अभियानले सरकारको कदमलाई समेत सहयोग पुग्ने नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले दावी गरे । जिल्लाका प्रमुख पर्यटकीय स्थलको बारेमा निर्माण गरिएको डक्यूमेन्ट्री ‘गन्तव्य सोलु’ समेत प्रदर्शन सो अवसरमा गरे । कार्यक्रममा छिरिङ शेर्पा र लाक्पा तेन्जि लामाले नगरपालिकाको पर्यटकीय अवसर र सम्भावनालाई समेटेर तयार पारिएको विस्तृत योजना प्रस्तुत गरेका थिए । पूर्वमन्त्री बलबहादुर केसी, पूर्वराज्यमन्त्री याङ्कीला शेर्पा लगायतको उपस्थिति कार्यक्रममा रहेको थियो ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho