पत्रकारलाई सहयोग गर्न नीति बन्छः राज्यमन्त्री गुरुङ

लाक्पा जी शेर्पा

२०७६ माघ २०, सोमबार


ओखलढुंगा (शेर्पाखबर) । नेपाल पत्रकार महासंघ र पत्रकारिता जगतलाई सहयोग गर्न प्रदेश नं. १ सरकारले नीति बनाउने भएको छ । प्रदेश नंं १ का भौतिक पूर्वाधार विकास राज्य मन्त्री अम्बिरबाबु गुरुङले यस्तो बताएका हुन् ।
नेपाल पत्रकार महासंघ, ओखलढुंगा शाखाले राज्यमन्त्री गुरुङलाई बधाई दिन आयोजित कार्यक्रममा गुरुङले भने ‘प्रदेश सरकारले अब पत्रकार महासंघ र पत्रकारका संस्थाहरुलाई सहयोग गर्न नीति नै बनाउने भएको छ ।’ यसबाट प्रदेश भित्रका सबै जिल्लाका पत्रकारलाई समेट्न सजिलो हुने र निरन्तर समन्वयको मार्ग प्रशस्त हुनेमा समेत उनले विश्वास व्यक्त गरे । ‘भरखरै मन्त्री परिषद्को बैठकमा सहभागि भएर म यहाँ आएको हुँ । पत्रकार महासंघ लगायतलाई कसरी दीर्घकालिन रुपमा समन्वय र सहयोग गर्न सकिन्छ त ? भन्ने बारेमा त्यहाँ छलफल भयो ।’ राज्यमन्त्री गुरुङले भने ‘नीति नै बनेपछि पत्रकारितामा क्रियाशिल र पत्रकार महासंघ जस्तो संस्थाहरुलाई सरकारले निरन्तर सहयोग गर्ने मार्ग प्रशस्त हुन्छ । हामी त्यता तिर लागेका छौं । अब पत्रकारिता जगतको विकास र संरक्षण गर्ने दायित्व प्रदेश सरकारको हो ।’
अर्को, प्रशंगमा राज्यमन्त्री गुरुङले ओखलढुंगाका पत्रकारितामा लागेकाहरुले विकास, समृद्धीका क्षेत्रमा सकारात्मक कलम चलाएर सहयोग गरेको भनाइ राखे । यहाँबाट पत्रकारिता गर्ने पत्रकारहरुको सकारात्मक भूमिका र सहयोग आफूले पाएको बताए । 
पत्रकार महासंघ ओखलढुंगाले १ करोड ८२ लाखको लागतमा ओखलढुंगा सदरमुकाम गोरुमारेभन्ज्याङमा भवन निर्माणाधिन रहेको छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho