आङकाजी शेर्पाको गीत ‘सानू हामी विर्सनौं, एमालेले लोसार विदा काटेको ।’

आङकाजी शेर्पा

२०७६ पौष १४, सोमबार


तमु ल्हाेसार गीत

सानु, अब हामीले सकिन बिर्सनु
एमालेले ल्हाेसार विदा काटेकाे

भाेट सबै सूर्यमा खनायाे
पृथ्वी र किरणलाई प्रयाेग गरेर
तमुवनलाई गण्डक प्रदेश बनायाे

सानु, सकिन्न याे कुरा बिर्सनु
तमु ल्हाेछारमा आँसु झा-याे बरररर

बन्दुक उठाएर देव दाईले
तमुवन ल्याउछु भन्नु भा कै हाे
तमुवन आन्दाेलन तुहाउने
प्रतिगामीहरू काे काे हाे ?

सानु, प्रतिगामी सबैलाई चिनेर
कालाे माेसाे धलाै है

तमु ह्यूला छाेछधी
कहाँ कता हरायाे
तमुवन आन्दाेलन
राेक्न काे कस्ले अरायाे

सानु, सानेपा दरबारकाे
बास्न आयाे हररर

पार्टी भन्दामाथी उठ्ने
बाचा गरे आई बि दाईले
याे कुरा किन बुझेन
तमु अध्यक्ष रेशम भाईले

सानु, सबैलाई याे कुरा बुझाउन
जनजातिहरू पार्टीकाे दास भएकै हाे

ल्हाेसार विदा काटेकाे विराेधमा
पूष १५ टुडिखेलमा हाेईन
जाऊ सबै सिहदरबारमा
सिंहदरबार भित्रका स्यालहरू
थर्रर काप्दै ल्हाेसार विदा दिनेछ

सानु, सिंहदरबारलाई थर्काउन
किन सक्दैन तमुवनवासीहरूले

दलहरूकाे बिर्काेले छाेपेकाे
तमुहरूकाे बुद्धिकाे खाेली दे
हाम्राे पहिचान मेटिन्दै गयाे
केही त बाेल हे तमु राजा सुकदेव !
हे तमुराजा सुकदेव !
हे तमुराजा सुकदेव !

गीतकार, नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन । 

आङकाजी शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho