शेर्पा भाषा उद्घोषण विजेतालाई नगद र शेर्पा पोशाक पुरस्कार

आङ फूर्वा शेर्पा

२०७६ पौष १४, सोमबार


काठमाडौं (शेर्पाखबर) । अनलाईन शेर्पा भाषा उद्घोषण प्रतियोगितामा विजेतालाई नगद र शेर्पा पोशाक पुरस्कार दिइने भएको छ । शेर्पा इभेन्टस् अर्गनाइजरको आयोजनामा भएको प्रतियोगितामा विजेतालाई नगद २२ हजारका साथमा शेर्पा पोशाक एकसेट  दिइने भएको हो । 
अनलाईनबाट प्रतियोगिता आयोजना भइसकेको र पौष २५ गते शुक्रबार एक बृहत कार्यक्रम आयोजना गरि नतिजा  घोषणा गर्ने अध्यक्ष नुरु शेर्पाले जानकारी दिए । विजेतालाई अन्य विभिन्न व्यापारिक घरना र व्यवसायीले समेत उपहार दिने भएका छन् । यसवीच दार्जिलिङ स्टोर फुलबारी बौद्धबाट ‘बम्पर’ उपहार समेत प्रदान गर्ने भएको हो ।
प्रथम अनलाइन शेर्पा भाषा उद्घोषण प्रतियोगितामा जम्मा १६ जनाले भाग लिएका थिए । यसअघि अर्गनाइजरले अनलाइन  शेर्पा पोशाक प्रतिस्पर्धा गराएका थिए । शेर्पा समुदायमा विविध सांस्कृतिक मुल्य मान्यताहरुलाइ जिबन्त राख्ने र समुचित विकास गराउने हेतुले यी खाले कार्यक्रमहरु आयोजना गर्दै आएको जनाएको छ । 
विश्वभर छरिएर रहेको शेर्पाहरुलाइ एकतामा ल्याइ बलियो बनाउने र विभिन्न उपलब्धिमुलक कार्यक्रमहरु आयोजना गर्ने योजना रहेको अध्यक्ष शेर्पाले जनाए । 

 

यस पटक आयोजना हुने कार्यक्रमलाई संस्थाले ‘प्रथम युवा सम्मेलन तथा बृहत संस्कृतिक कार्यक्रम’ नाम दिएका छन् । तर, युवा सम्मेलनको अर्थ र अजेण्डा भने खुलाइएको छैन ।  पौष २५ मा हुने सांस्कतिक कार्यक्रमको मूख्य आकर्षण  चर्चित गायक राजु लामा हुन । उनीसँगै मंगोलियन हार्ट ब्याण्डको समेत प्रस्तुति रहने संयोजक मिङमार तेन्जिङ शेर्पाले जानकारी दिए । कार्यक्रममा शेर्पा समुदायका गायक छङ्पा शेर्पा, मिङमार ढेन्डुप शेर्पाको समेत प्रस्तुति रहन छ भने लगभग १ हजार १ सय भन्दा बढी युवाहरु सहभागि रहने विश्वास लिइएको महासचिव पेम्बा शेर्पाले जनाए । 
शेर्पा जातिको भाषा, धर्म, संस्कार, संस्कृतिक,  पहिचान र मुल्य मान्यतालाई जगेर्ना र समुचित विकास गराउने हेतुले  लिइ स्थापन भएको शेर्पा इभेन्ट अर्गनाइजर स्थापना भएको हो ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho