नेपाल शेर्पा संघको छैठौं महाधिवेशन र थुप्तेन लामा शेर्पा

निमा ग्याल्जेन शेर्पा

२०७६ पौष १३, आईतबार


‘सम्पूर्ण शेर्पाहरुको चाहना, पहिचान र अधिकारसहितको शेर्पा प्रदेशको स्थापना’ भन्ने मूल मन्त्रसहित पौष ४ देखि ६ मा नेपाल शेर्पा संघको छैठौ महाधिवेशन सम्पन्न भयो । प्रवासमा रहेका कारण महाधिवेशनमा सहभागि हुने अवसर प्राप्त भएन । तथापी, भद्र सहमतीका साथ अध्यक्षमा गेल्जे लामा शेर्पा, बरिष्ठ उपाध्यक्षमा ङवाङ सोनाम शेर्पा र महासचिवमा लाक्पा शेर्पा ऐतिहासिक रुपमा चयन भएको छ । पदाधिकारी र सदस्यहरु गरि जम्मा ८१ जनाको कार्यकारी समिती संघको इतिहासमा उदाहारणीय बन्न सकोस, शुभकामना !
यसै प्रसङ्गमा शेर्पा संघ स्थापना (जन्म) कालको सम्झना गर्न मन लाग्यो । २०४६÷४७ साल तिर नेपालमा बहुदलीय ब्यवस्थाको आगमन संगै विभिन्न जातिय संघ संस्थाको गठन र संगठीत हुने चरणले विजारोपण गर्यो । 


ईलामबाट आएर त्रिचन्द्र बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम बर्षको बिद्यार्थी जीवन बिताउदै थिए म ।
त्रि चन्द्र क्याम्पस उबेला सबै किसिमको मानिसहरुको जमघट हुने केन्द्र बिन्दु नै थियो । त्यसै बेला तिर सोलुखुम्बु जुनुबेसीका थुप्तेन लामा शेर्पासँग भेट हुन पुग्यो । उहाँ पहिला देखिनै शेर्पाहरुको इतिहास जोगाउने अभियानमा लाग्नु भएको रहेछ । त्यसपछि आइ ङिमी शेर्पा सोलु, श्याम सुन्दर सर सखुवासभा, पासाङ गोले भोजपुरसँग भेट भयो । साथै अन्य मित्रहरु समेत वाक्लो रुपमा जोडिनु भएको थियो । उहाँहरुको वीचमा ‘यहम्बु शेर्वा चिछोक’ जन्माउने कुरो चलिरहेको बुझेँ । त्यसमा म पनि इलामे प्रतिनिधिको रुपमा जोडिएँ । 
अभियान्तहरुसँग अब यहम्बु शेर्वा चिछोकलाई कसै गरी स्थापना गर्नुपर्छ भन्ने अभियानमा निरन्तर लागी परेँ । कहिले त्रि–चन्द्र क्यम्पस र चिसो छिँडीमा बसेर वैठक गरियो त कहिले रत्नपार्क तिर भेला भइयो । कहिले आइ ङिमीको आल्पाइन ट्रेक्सको कार्यालयमा त कहिले भकान्जेको तेन्जिङ शेर्पाको तासी ताके ट्रेकिङमा बैठकहरु भयो । अन्ततः ‘यहम्बु शेर्पा चिछोक’ हालको नेपाल शेर्पा संघ जन्मियो ।
लगतै विधिवत रुपमा काठमाडौं जिल्ला कार्यालयमा दर्ता गरियो । साथै आदिवासी जनजाती महासघको सदस्य समेत भयो ।
लामा थुप्तेन शेर्पाले त्यो बेलामा अहिलेको शेर्पा सघको झन्डा, लोगो, छाप, लेटर प्याड आदिको अवधारण अत्यन्तै मिहेनत एवम खोज अनुसन्धान गरि गर्नु भएको थियो । लामा सघ शेर्पाहरुको बारेमा बृहत सूचन संग्रहित थियो । 
चिछोकको यावत कामहरु लामाले दिलोज्यान दिएर गर्नु भएको कुरो मेरो सम्झनामा अझै पनि ताजै छ । समग्रमा भन्नु पर्दा थुप्तेन लामा ‘यहम्बु शर्वा चिछोक’ को मेरुदन्ड हुनु हुन्थ्यो । जसले गर्दा चिछोक खडा भएर हिड्न सक्यो ।
मैले यो प्रसंग किन उठाउन खोजेको हो भने हिजोको दिनमा शेर्पा संघको लागि त्यतिका योगदान गर्नु हुने आदारणीय लामा थुप्तेन शेर्पालाई आज सघको छैठौ महाधिबेसन कतै पनि देख्न पाइएन । कसैले पनि उहाँको नाम लिइएको समेत बुझिन ।
मानिसले गुण एक पटक गर्ने हो, पटक पटक गरि रहन सक्दैन । संस्थामा सँधै क्रियाशिल हुन परिस्थितिले साथ नदिन सक्छ । त्यसो भएको हुँदा लामा थुप्तेन शेर्पाको सघ प्रतिको योगदान र गुणको कदर गरिनु पर्दछ । कुनै दिन सघको कार्यालयमा निमन्त्रणा गरेर शेर्पा समुदायको धरोहर लामा थुप्तेन शेर्पाको सम्मान हुनेमा पनि विश्वास्त छु । 
अन्तममा नेपाल शेर्पा संघ सम्पूर्ण शेर्पाहरुको आड् भरोसा र आदर्शको केन्द्र हो । त्यसैले हामी सबैले मिलेर सघको हरेक गतिविधीलाई साथ सहयोग जुटाउने प्रयास गरौ । जय शेर्पा, जय बुद्ध भगवान । दया, कारुणा, मैत्री एवम शान्तिको सन्देस चारै फैलिरहोस । शेर्पा एकता अमर रहोस् । शेर्पा समुदायको एकताले विश्वमा नयाँ सन्देश फैलाउँन सफल रहोस्, र इतिहासलाई सम्झँदै सम्मान गर्ने संस्कारको समेत विकास गरौं ।

 

लेखकः नेपाल शेर्पा विद्यार्थी संघ –मञ्च) का संस्थापक अध्यक्ष हुन् । 

निमा ग्याल्जेन शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho