‘मिसेस नेपाल टुरिजम शेर्पा’ उधौलीमा

शेर्पाखबर

२०७६ पौष १३, आईतबार


न्यु हेन्प्शायर । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका केन्द्रीय समितिको संयोजनमा एक कार्यक्रम सम्पन्न भएको छ । न्यू इंग्ल्याण्ड च्याप्टरको आयोजनामा न्यू हेम्प्शायर राज्यमा उधौलीसँंगै यलम्बर नाइट सम्पन्न भएको हो । कार्यक्रममा नेपालको पर्यटन प्रबद्र्धनका लागि अमेरिका पुगेकी मिसेस नेपाल टुरिजम छिरिङ डोल्मा शेर्पाले नेपालको पर्यटन प्रबद्र्धनमा प्रवासमा रहेका नेपालीहरुले सहयोग गर्नुपर्नेमा जोड दिए । 
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का सभापति लोक चेम्जोङ्गले आदिवासी जनजातीहरुको संंस्कार, संस्कृतीजन्य चाडहरु संसारमा फैलिएको र यसले सचेतना र जनजागरणको काम गरेको बताए । 
उनले नेपालका आदिवासी जनजातीहरुको अधिकारका लागि संसारमा रहेको आदिवासी जनजातिको संस्थाहरुलाई विश्वव्यापीकरण गरेर एक बृहत संगठन बनाउनु पर्ने चर्चा गरे । अर्को वक्ता मुना राईले नेपालीहरु संसारको जुनसुकै भागमा रहेपनि आ–आफ्नो संस्कार, संस्कृति आफुसंगै लगिएको हुनाले सात समुन्द्रपारी पनि किरात राईहरुको साकेला उधौली उभौली मनाउनु गर्वको विषय भएको दाबी गरे ।
उक्त समारोहमा नेपालबाट भर्खरै यस राज्यमा आउनु भएका किरात राईहरु दङ्ग कुमारी राई ,राजेश राई शहिद भूमी गाउपालिका धनकुटा,निरन राई, सबिना राई धरान सुनसरीलाई खादा लगाएर स्वागत गरिएको थियो भने अर्गनाइजेसनको सदस्य यु एस आर्मीको आधारभूत तालीम सकेर आउनु भएका सुप्रिम राईलाई प्रमाण पत्र र खादा लागाएर सम्मान गरिएको थियो ।
बासुरी धुन कर्ण राई र सहयोगीहरु साइमोन राई,स्मिथ गुरुङ,राजेश राई हुनु हुन्थ्यो भने डिजेमा राजेन्द्र राई हुनु हुन्थ्यो । उक्त कार्यक्रममा नेपालका पर्यटनदूत मिसेस नेपाल टुरिजम २०१९ छिरिङ्ग डोल्मा शेर्पाले भिजिट नेपाल २०२० को फ्लेयर वितरण गरे ।  
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho