भिजिट नेपाल २०२० को पूर्वारम्भमा सरसफाई

ङावा शेर्पा

२०७६ पौष १२, शनिबार


काठमाडौं (शेर्पाखबर) । भिजिट नेपाल २०२० शुभारम्भको पूर्वासन्ध्यामा विभिन्न कार्यक्रमहरु आयोजना भएको छ । विभिन्न सामाजिक र पर्यटनसँग सम्वन्धित संस्थाहरुले भिजिट नेपाल २०२० सँगको साझेदारीमा स्वयम्भु क्षेत्रमा सरसफाई आयोजना गरेको हो । 
ट्रेकिङ गाइड एशोसिएसन नेपाल (टिगान) को अगुवाईमा भिजिट नेपाल २०२० सचिवालय, पिक प्रमोशन फाउन्डेशन लगायतका सामाजिक संस्थालेले पवित्र धार्मिक स्थल स्वयम्भुको सरसफाई सम्पन्न गरेको टिगानका महासचिव सार्की शेर्पाले जानकारी दिए । 
सरसफाई कार्यक्रम ३ दिनसम्म सञ्चालन हुने समेत महासचिव शेर्पाले जानकारी दिए । २ सय जनाको सहभागितामा भएको सरसफाई कार्यक्रममा भ्याली पब्लिक स्कुलबाट मनिषा तामाङको नेतृत्वमा २५ जना विद्यार्थी समेत सहभागि थिए । पिक प्रमोशन फाउन्डेशनबाट आङबाबु् शेर्पाले नेतृत्व गरेका थिए । समूहलाई भिजिट नेपाल २०२० आयोजक समितिले ‘नेपाल’ उल्लेखित क्यापटोपी, सफाई सामाग्रीहरु उपलब्ध भएको थियो । 
सरसफाईबाट ५ सय केजी फोहोर संकलन गरी स्वयम्भु क्षेत्र विकास समितिले व्यवस्थापन गर्ने पश्चिम पाइला संस्थाको समेत नेतृत्व गरेका तामाङले शेर्पाखबरलाई जानकारी दिए । सफाईमा सहभागिहरुलाई क्षेत्र विकास समितिले खाजा, पानीको प्रबन्ध गरेका थिए । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho