गौचरण बन्न नदिन ‘यति समूहलाई जग्गा !’

शेर्पाखबर

२०७६ पौष १२, शनिबार


काठमाडौं । नेपाल ट्रस्कोट कार्यालयले गाई चराउने मैदान बन्न नदिन गोकर्ण रिसोर्टको लिज सम्झौताको म्याद थप गरेको स्पष्टीकरण दिएको छ ।

पुरानो सम्झौता अवधि ५ वर्ष ८ महिना बाँकी रहँदा नै अर्को २५ वर्षका लागि सम्झौता गरेकोमा सरकार विवादमा परेको छ । कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी कार्यालयले सम्झौता थप गर्ने निर्णयको बचाउ गरेको छ ।

समयमा निर्णय नगर्दा गोकर्णमा यति समूहले प्रयोग गरिरहेको २ हजार ७९३ रोपनी जग्गा ‘गाई चराउने मैदान हुनसक्ने’ भएकाले अहिले नै लिज अवधि थप्नु परेको ट्रस्टका सहसचिव राजेश्वर ज्ञवालीले बताए । उनले भने, ‘५ वर्ष पछाडि समयमा केही भएन भने गल्फ कोर्सले गाई चराउने मैदान हुन्छ नि । यसको जिम्मा कसले लिने ? सुकुम्बासीहरु आए बसे भने के गर्ने ?’

कानून अनुसार निर्णय गरेको भन्दै उनले यो निर्णय गरेमा कुनै पश्चाताप नभएको उनले बताए ।

नेपाल ट्रस्टका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले यति समूहलाई थप २५ वर्ष भाडामा दिने निर्णयले सरकारप्रति निजी क्षेत्रको विश्वास बढेको दाबी गरे । ‘कसको दबाव केही होइन’ उनले भने, ‘यो निर्णयले सरकारले बोलेपछि गर्दोरहेछ, सरकारी जग्गामा पनि लगानी गर्न सकिने रहेछ भन्ने भएको छ ।’

गोकर्णमा सरकार चोखो नाफामा रहेको उनको दाबी छ । ‘सबै थोक उसको छ, हाम्रो त जग्गा बाहेक केही छैन । र त्यो जग्गा पनि खाइसकेको छैन’ उनले भने, ‘बुद्धि उसको, ऋण लिने उसले, ब्याज तिर्ने उसले, हामी चोखो नाफा ।’

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho